arrow

रोनाल्डोले दुई गोलले जित्यो युभेन्टस 

logo
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
ronaldo30.jpg

काठमाडौं । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्टसले राम्रो कमब्याक गरेको छ । क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै युभेन्टसले इम्पोलीलाई उसैको घरेलु मैदानमा २–१ ले पराजित गरेको छ। 

पहिलो हाफमा पछि दबाबमा परेको युभेन्टसलाई जित दिलाउन दोस्रो हाफमा रोनाल्डोले दुई गोल गरेका हुन् । 

पहिलो हाफमा घरेलु टोली इम्पोलीका लागि फ्रान्सेस्को कपुतोले २८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । युभेन्टसले खेलमा पकड देखाए पनि पहिलो हाफमा गोल गर्न सकेन ।

दोस्रो हाफमा पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डोले युभेन्टसलाई बराबरी दिलाए । इस्माएल बेनेकरले पौलो ड्याबलालाई लडाएपछि पाएको पेबाल्टी मार्फत रोनाल्डोले ५४ औं मिनेटमा गोल गरे ।

खेलको ७० औं मिनेटमा २५ यार्डबाट रोनाल्डोले उत्कृष्ट गोल गर्दै युभेन्टसलाई विजयी गोल दिलाए। यो जितसँगै युभेन्टसले अंक तालिकाको शीर्ष स्थानमा ७ अंकको अग्रता बनाउन सफल भएको छ।

युभेन्टसको १० खेलबाट २८ अंक हुँदा उपाधि राइभल इम्पोलीको २१ अंक भएको छ । 

शनिबार राति एटलान्टाले पर्मालाई ३–० ले हराउँदा टोरिनो र फियोरेन्टिनाले १–१ को बराबरी खेले । 

Cristiano Ronaldo scored a brace as Juventus came from behind to beat Empoli 2-1

Ronaldo scored Juventus' second goal with a strike of extremely high quality

Ronaldo celebrates with manager Massimiliano Allegri during the victory over Empoli

The 33-year-old is congratulated by team-mate Blaise Matuidi after finding the net 

Ronaldo is mobbed by his team-mates after putting Juventus in the lead against Empoli

Francesco Caputo celebrates after his goal gave Empoli a shock lead against Juventus



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ