काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा रंगशाला भित्र लेस्टर सिटी र वेष्टह्याम युनाइटेडबीचको खेल चलिरहँदा बाहिर लेस्टरका मालिकको हेलिलिकप्टर उडे लगत्तै दुर्घटनाग्रस्त भएको छ ।
घरेलु मैदानमा किङ्ग पावरमा खेल खेले लगत्तै मालिक विचाई श्रीवादधानप्रभाको हेलिकप्टर उडेको थियो । हेलिकप्टर उडे लगत्तै दुर्घटनामा परेको र त्यो बेला हेलिकप्टरमा विचाई रहे–नरहेको बारे केही खुलेको छैन । हेलिकप्टर क्लबको रंगशालामा रहेको कार पार्कमा दुर्घटनाग्रस्त भएको हो ।