arrow

सर्वाधिक राशिको एवाईसी भलिवल प्रतियोगीता जारी

logo
घनश्याम पौडेल
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
volleyball-arghakhanchi.jpg

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा शुक्रवारदेखि सर्वाधिक पुरस्कार राशीको एवाईसी अन्तरपालिकास्तरीय रनिङ्गशिल्ड भलिवल प्रतियोगीता जारी रहेको छ ।  

‘युवाहरुको एकता समाज सुधारमा अग्रसरता’ भन्ने नाराका साथ चुत्रावेसीमा स्थापित अर्घाखाँची युवा परिषद्को आयोजनामा आयोजना भएको भलिवल प्रतियोगीतामा जिल्लाका ६ वटा स्थानीय तहहरुको सहभागिता रहेको छ ।
 
भलिवल प्रतियोगीताको आज पुर्वमन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझीले उद्घाटन गरे । नेता रायमाझीले खेलकुदलेनै राष्ट्रलाई विश्वमा चिनाउने भएकाले खेलकुदको विकासमा सरकार गम्भीर भएर लाग्नु पर्ने बताए । 

समारोहमा सन्धिखर्कबाट ड्रोन उडाएर ड्रोन म्यान विमल बस्नेतले अर्घादरवार र खाँची दरबारको दृश्य समेत छायांकन गरेको अर्घाखाँची युवा परिषद्का अध्यक्ष काजी श्रेष्ठले जानाकारी दिए । 

भलिवल प्रतियोगीतामा प्रथम हुने टिमलाई ५० हजार, दोस्रो हुने टिमलाई ३० हजार र तेस्रो हुने टिमलाई २० हजार नगदका साथ आकर्षक शिल्ड, मेडल र प्रमाण प्रदान गरिने परिषद्का महासचिव प्रकाश भुसालले बताए ।  

रनिङ्गशिल्ड जित्ने टिमलाई नगद एक लाखको साथमा शिल्ड पनि प्रदान गरिने छ । शुक्रवार भएको पहिलो खेलमा भुमिकास्थान नगरपालिका विजयी भएको छ । सन्धिखर्क नगरपालिका र भुमिकास्थान नगरपालिका विच भएको खेलमा २, १ को सेटमा भुमिकास्थान नगरपालिका विजयी भएको हो । 

दोस्रो खेलमा शितगंगा नगरपालिका विजयी भएको छ । मालारानी गाँउपालिकालाइ सोझो सेटमा हराउदै शितगंगा नगरपालिका विजयी भएको हो । 
शनिवार भएको खेलमा छत्रदेवलाई हराउँदै सन्धिखर्क, पाणिनीलाई हराउदै मालारानी विजयी भए । 

छत्रदेवलाई पराजय गर्दै भुमिकास्थान, मालारानीलाई पराजय गर्दै भुमिकास्थान र सन्धिखर्कलाई पराजय गर्दै शितगंगा सेमीफाईनलमा प्रवेश गरे । आईतबार विहान शितगंगा र भुमिकास्थानबीच प्रतिस्पर्धा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ