arrow

सन्दीप लामिछाने र डेभिड वार्नर एउटै टिमबाट खेल्ने

logo
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
sandeep-u-19-captain.jpeg

काठमाडौं । नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग बीपीएलमा सिलेट सिक्सर्सबाट खेल्ने भएका छन् । सिलेटबाट अष्ट्रेलियाका आक्रमक ब्याट्सम्यान डेभिड वार्नर पनि खेल्ने छन् ।

दुई खेलाडीले सिधै अनुबन्धन गर्न सक्ने प्रावधान अनुसार अक्सन अघिनै सिलेटले सन्दीप र वार्नरलाई लिएको हो । सिलेटले वार्नर र सन्दीपलाई अनुबन्ध गरेको जनाए पनि कति रकममा गरेको भन्ने खुलाएको छैन । 

आगामी जनवरी ५ देखि फेब्रुअरी८ सम्म बीपीएल चल्नेछ । 

आइपीएलमा दिल्ली डेयर डेभिल्सबाट खेलेदेखि सन्दीप निरन्तर विश्वका चर्चित लिग खेलिरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ