काठमाडौं । ‘द एक्सडेन्टल प्राइमिनिस्टर’को सुटिङ सकिएको छ । बलिउडको नयाँ चलचित्र ‘द एक्सडेन्टल प्राइमिनिस्टर’ मा अभिनेता अनुपम खेरल भारतीय पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको भूमिका निर्वाह गरेका छन् ।
उनले सामाजिक संजालमा तस्वीरसंगै भिडियो पनि सेयर गरेका छन् । अनुपमले सुटिङको अन्तिम दिनको भिडियो सेयर गर्दै भनेका छन, ‘यो मेरो सबैभन्दा मन पर्ने फिल्म हो । यसलाई सर्वोत्कृष्ट बनाउनका लागि भूमिका खेल्ने सबैलाई धन्यवाद । डा।मनमोहन सिंह तपाईको यात्राका लागि धन्यवाद । धेरै कुरा सिक्न मिल्यो । एउटा कुरा पक्का छ, इतिहासलेतपाईसँग अन्याय गर्ने छैन ।’
उनी डा सिंहकै आवाजमा बोलेका छन् । यो फिल्मको निर्देशन विजय रत्नाकर गुट्टेले गरेका हुन । भारतीय कांग्रेस पार्टी पूर्वअध्यक्ष सोनिया गान्धीको भूमिकामा जर्मन अभिनेत्री सुजैन बर्नेट रहेकी छिन् ।
यो फिल्म डा मनमोहन सिंहका सल्लाहकार संजय बारुले लेखेको ‘द एक्सडेन्टल प्राइममिनिस्टर’मा आधारित छ । यो यहि डिसेम्बरमा रिलिज हुने छ । यसमा १४० भन्दा बढी कलाकार भारतीय नेताहरुको भूमिकामा छन् ।