arrow

दक्षिण एसियाली खेलकूद (साग) अनिश्चित, गफाडी मन्त्रीले ७ महिनामा १ पल्ट पनि बैठक डाकेनन्     

logo
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
rangashala-news.JPG

काठमाडौं । नेपालले आयोजना गर्नु पर्ने १३औँ दक्षिण एसियाली खेदकुद (साग) पूर्वनिर्धारित मितिमा नहुने भएको छ ।पूर्वाधार निर्माण र अन्य तयारी गतिलो ढंगल अघि नबढेकै कारण साग अनिश्चित भएको हो ।  गएको जेठ १७ गते युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) तोकिएको समयमै हुने र तयारी तीव्र रूपमा भइरहेको सुनाएका थिए । 

अहिले तिनै मन्त्री विश्वकर्मा समेत साग समयमै हुने विषयमा केही भन्न सकिरहेका छ्रैनन् । प्रतियोगिता आउँदो २५ फागुनदेखि ४ चैतसम्म नेपालमा आयोजना गर्ने कार्यतालिका छ । तर, मन्त्री विश्वकर्मा अहिले आएर पूर्वनिर्धारित मितिमा प्रतियोगिता नहुने भन्दै अब सागको नयाँ मिति घोषणा गर्ने बताइरहेका छन् । उनले  एक महिना अघि गएको असोज ३ गते पोखरामा आयोजित पत्रकार सम्मेलनमा असोज तेस्रो साता नयाँ मिति घोषणा गर्ने भनेका थिए । असोज गएर पनि कार्तिक आधा हुँदासम्म उनले भनेको मिति घोषणा भएको छैन । 

भारतको गुवाहाटीमा २०१६ फेब्रुअरी ५–१६ सम्म भएको १२औं साग समापनका क्रममा १३औं साग नेपालमा आयोजना गर्ने घोषणासँगै सागको झण्डा ल्याइएको थियो । यसअघि तोकिएको मिति आउन अब चार महीना मात्र बाँकी छ । तर, प्रतियोगिताका लागि गरिनुपर्ने तयारी शून्यप्राय छ । प्रतियोगिताका खेलहरू सञ्चालन गर्न दशरथ रंगशाला मर्मत हुनसकेको छैन भने अन्य तयारी र व्यवस्थापनका लागि छलफल समेत थालिएको छैन ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट भने सागका लागि पूर्वाधार निर्माणको काम निर्धारित मितिमै सकिने बताउँछन् । तयारीका लागि गर्नुपर्ने अन्य काम हुन नसकेको पनि भन्छन्, उनी । निर्धारित मितिमै साग सम्पन्न गर्ने दाबी गरेका मन्त्री विश्वकर्माले आफू मन्त्री नियुक्त भएको ७ महिनायता तयारी व्यवस्थापन समितिको बैठक समेत नबोलाएर लोक हँसाइरहेका छन्  । तयारी व्यवस्थापन समितिको संयोजक मन्त्री रहने व्यवस्था छ । बरु उनी अन्तर्राष्ट्रि क्रिकेट रंगशालाको जग्गा खोज्ने नाउँमा सांसदका पछिपछि कुदिरहेका छन् । 

एक वर्षअघि पूर्ववर्ती सरकार हुँदा सागका खेलहरू काठमाडौं र पोखरामा गर्ने गरी व्यवस्थापन समिति र तीन वटा उपसमिति गठन भए । ६ वटा खेल पोखरामा गर्ने गरी पोखरा रंगशाला मर्मतका लागि एक अरब १० करोड बजेट विनियोजन गरिएको थियो । 

फूटबलका साथै भलिबल, कराँते, आर्चरी, प्याराग्लाइडिङ र तेक्वान्दो पोखरामा खेलाउने पक्का गरिएको थियो  । यद्यपि, रंगशाला मर्मत गर्न टेण्डर आह्वान गरिए पनि ठेक्का अझै लागेको छैन । 

सदस्य–सचिव विष्ट टेण्डर प्रक्रियामा सहभागी निर्माण कम्पनीको मापदण्ड पूरा नभएकाले पुनः अर्को टेण्डर आह्वान गरिएको बताइरहेका छन् । यद्यपि, भौतिक पूर्वाधार तयारी निर्माण उपसमितिका संयोजक विजयकुमार बस्नेत सदस्य–सचिवको स्वार्थ पूरा नभएपछि टेण्डर रद्द गरिएको आरोप लगाइरहेका छन् । सदस्य सचिव विष्ट आफूले गर्नु पर्ने काम गर्दैनन् । खेलकूद क्षेत्रका जानकारहरु भन्छन्, ‘विष्ट राखेपमा आएपछि, राजनीति बाहेक केही भएन । उनकै कारण नेपाल क्रिकेट संघ निलम्बन पर्‍यो । भूकम्पपछि पुनःनिर्माण हुनुपर्ने खेल संरचनाहरु पुनःनिर्माण भएनन् । सागको लागि तयार गर्नु पर्ने संरचनाहरु कहिले बन्छन् भन्ने टुंगो छैन ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ