arrow

पाकिस्तानविरुद्ध गोल वर्षा, नेपाली यु १९ टोली छनोट जनिक 

logo
प्रकाशित २०७५ कार्तिक ११ आइतबार
nepal2.JPG

काठमाडौं । नेपाल १९ वर्ष मुनिको एएफसी कपको छनोट नजिक पुगेको छ । पाकिस्तानविरूद्ध गोल वर्षा गर्दै नेपाल छनोट नजिक पुगेको हो । थाइल्याण्डमा जारी १९ वर्ष मुनिको एएफसी महिला च्याम्पियनसिप छनोट अन्तर्गत आइतबार नेपालले आफ्नो तेस्रो खेलमा पाकिस्तानलाई ९–० को फराकिलो अन्तरले हरायो । यो जितसँगै नेपाल दोस्रो चरण पुगेको छ । 

नेपालले गोल वर्षा गर्दा निशा थोकरले ह्याट्रिक गरिन् । खेलको दोस्रो मिनेटमा मञ्जली योञ्जनको गोलबाट नेपालले अग्रता लियो । सम्झना लावतीले ३२ औं मिनेटमा नेपालको अग्रता दोब्बर पारिन् । ३८औ मिनेटमा एलिशा जिम्बाले नेपालका लागि तेस्रो गोल गरिन् । पहिलो हाफमा ३–० ले अघि रहेको नेपालले दोस्रो हाफमा गोल वर्षा गरेको हो । 

नेपालका लागि चौथो गोल पूजा रानाले गरिन् । ५७ औ मिनेटमा निशा थोकरले सेकेन्ड बार च्याम्दै फ्रिकिकबाट गोल गरिन् । उनैले ७४औँ मिनेटमा पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ७–० को अवस्थामा लगिन् । ८५ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै निशाले ह्याट्रिक पुरा गरिन् ।  खेल सकिन एक मिनेट बाँकी छदाँ कप्तान सरु लिम्बुले गोल गर्दै नेपाललाई फराकिलो जित दिलाईन् ।

नेपालले पहिलो खेलमा थाईल्यान्डसँग ३–० को पराजय व्यहोरे पनि दोस्रो खेलमा भारतलाई २–० ले हराउँदै छनोटको आशा कायमै राखेको थियो । पाकिस्तान पहिलो खेलमा भारतसँग १८–० ले पराजित भएको थियो भने दोस्रो खेलमा भारतसँग समान १८–० ले नै हार्न पुग्यो ।  अघिल्लो महिना भुटानमा भएको १८ वर्ष मुनिको साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई १२–० ले हराएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ