- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडका लागि हरेक खेल विशेष भइरहेको छ । युनाइटेड म्यानेजर जोजे मौरिन्होको भविष्य जोडिएकाले पनि खेल महत्वपूर्ण भइरहेको हो ।
मौरिन्होलाई हराउन समर्थकको चर्को आवाज उठिरहेका बेलामा युनाइटेडले घरेलु मैदानमा एभर्टनलाई हराएको छ ।
आइतबार राति भएको खेलमा मौरिन्होको टिम २–१ ले विजयी भएको हो । म्यान्चेस्टरको जितमा पउल पोग्बा र एन्थोनी मार्सलले गोल गरे ।
एभर्टनका लागि गिल्फी सिगुडर्सनले एक गोल फर्काए ।
यो जितपछि म्यान्चेस्टर युनाइटेड १० खेलबाट १७ अंकसहित आठौँ स्थानमा उक्लिएको छ ।