arrow

 एमबाप्पे र ड्रेक्सलरले पिएसजीलाई दिलाए कीर्तिमानी जित

logo
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
mbappe4.jpg

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन पिएसजी कीर्तिमानी जित दर्ता गरेको छ । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले मार्सेलाई २–० ले हरायो । 

पिएसजीको यो लगातार ११ औँ जित हो । पिएसजीले यो जितसँगै टोटनह्यामले लिगका सुरुका ११ खेलमा लगातार जित निकाल्दै बनाएको कीर्तिमानसँग बराबरी गरेको छ । पिएसजीको जितमा केलियन एमबाप्पे र जुलियन ड्रेक्सलरले गोल गरे ।

एमबाप्पेले ६५ औँ मिनेटमा गोल गरे । इन्जुरी समयको पाँचौँ मिनेटमा ड्रेक्सलरले गोलमा परिणत गर्दै पिएसजीलाई २–० को जित दिलाए । नेयमारको प्रहारलाई ड्रेक्सलरले गोलमा परिणत गरेका हुन् । 

यो खेलपछि पिएसजीको ३३ अंक भएको छ । यसअघि सन् १९६०–६१ को सिजनमा टोटनह्यामले लिगका सुरुका ११ खेलमा जित निकालेको थियो । यो युरोपका शीर्ष पाँच लिगमा सुरुमा भएको लगातार सबैभन्दा लामो जित हो ।

दोस्रो स्थानको लिलेको २५ अंक छ । 

PSG players celebrate with goal-scorer Mbappe after his opening goal at the Stade Velodrome

Mbappe struck three minutes after coming on at the Stade Velodrome to break the deadlock

Kylian Mbappe came off the substitutes' bench to help win Le Classique for PSG

Julian Draxler added a late second on the counter to seal the three points for the visitors

Champions PSG managed to continue their 100 per cent record at a lively Stade Velodrome

PSG players celebrate after the final whistle following their win over Marseille

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ