arrow

राष्ट्रपतिको हातमा विश्वकप क्रिकेटको ट्रफी

logo
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
vidya-cricket.jpg

काठमाडौँ । विश्व यात्रामा रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसी विश्वकप क्रिकेट ट्रफीका बारेमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जानकारी लिएकी छिन् ।  

संयुक्त अरब इमिरेट्स युएइबाट यही कात्तिक ९ गते नेपाल ल्याइएको सो ट्रफी आइतबार शीतल निवास पुर्याइएको थियो । राष्ट्रपति भण्डारीले उक्त ट्रफी नेपाल ल्याइएकामा खुशी व्यक्त गर्दै आफ्नो हातमा उचालेकी थिइन् । 

आइतबारै सो ट्रफी जनसमुदायका लागि चन्द्रागिरिमा प्रदर्शनीमा राखिएको थियो । सोमबार वसन्तपुर दरबार स्क्वायरमा राखेर ट्रफी नेपाल बाहिर लगिनेछ । 

अन्य सात राष्ट्रमा पनि सो ट्रफी पुर्याइने आइसिसीका नेपाल प्रतिनिधि भावना घिमिरेले जानकारी दिइन् । 

इङ्ग्ल्याण्ड र वेल्समा २०७६ जेठ १६ देखि ३१ गतेसम्म आयोजना हुने आइसिसी विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी अहिले विभिन्न राष्ट्रमा प्रदर्शनीका लागि पुर्याइँदै छ । 

यो कस्तो रहर ? 
राष्ट्रपति भण्डारी ट्रफी उचाल्न पाउँदा निकै खुशी देखिइन् । नेपाली क्रिकेटको हालत कस्तो छ भनेर कहिल्यै गम्भीर भएर उच्चस्तरीय पहल गर्न नसकेकी भण्डारीले ट्रफी उचालेको देख्दा आफैमा हाँस्यापद प्रतिक्रिया पनि आएका छन् । 

उनी ट्रफी उचाल्न निकै उत्साही देखिन्थिन् । तर देशको प्रमुख भएको नाताले नेपाली क्रिकेट मिलाउन पनि भूमिका खेलेको भए हुन्थ्यो भन्ने आकांक्षा नेपाली क्रिकेट प्रेमीहरुले राख्नु स्वभाविकै हो । 

नेपाल क्रिकेट संघ निलम्बित छ । त्यतातर्फ पनि ध्यान जान सकेको छैन । नेपालले अन्तर्राष्ट्रिय एक दिवसीयमा मान्यता पाएसंगै ट्रफी नेपाल ल्याइएको हो । 

सरकारले क्रिकेटको उत्थानका लागि विशेष योजना नल्याएसम्म फोटोमात्रै खिचेर र ट्रफी उचालेर आत्मसन्तुष्टि लिनुको कुनै अर्थ छैन । 

राष्ट्रपतिलाई यसरी ट्रफी उचाल्न कसैले वाध्य पारेको हो भने पनि राष्ट्रपति कार्यालय आलोचित हुन रोकिनु पर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ