भारत–वेस्ट इन्डिज चौथो एकदिवसीय, भारतले पहिले ब्याटिङ गर्ने
एएफपी,
प्रकाशित २०७५ कार्तिक १२ सोमबार
254
Shares
मुम्बई। भारत र वेस्ट इन्डिजबीच भारतको मुम्बईमा आज हुन लागेको चौथो एकदिवसीय क्रिकेटमा टस जितेको भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। पाँच खेलको यस शृङ्खलामा दुवै देशले एकएक खेल जितेका छन्। एउटा खेल बराबरीमा सकिएको थियो।
आजको खेलमा भारतले दुई खेलाडी परिवर्तन गरेको छ। मध्यक्रमका ब्याट्सम्यान केदार जाधव र रविन्द्र जडेजा टिममा फर्किका छन् भने रिषभ पन्त र युजवेन्द्र चहललाई हटाइएको छ। टस जितेपछि प्रतिक्रिया दिँदै भारतीय कप्तान विराट कोहलीले मुम्बईको खेल मैदानमा बढी रन बन्ने भएकाले ब्याटिङलाई ध्यानमा राखिएको बताए।
वेस्ट इन्डिजले पनि एकजना खेलाडी परिवर्तन गरेको छ। यसअघिको खेलमा सहभागी भएका बलर ओवेद म्याककोएको स्थानमा कीमो पललाई मौका दिइएको कप्तान जेसन होल्डरले बताए।