arrow

‘खोज टोली पुग्दासम्म विमान जल्दै’ :शव नचिनिने अवस्थामा

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
tara-air.jpg.jpeg
म्याग्दी । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । विमान म्याग्दीको दाना गाविस–१ सोलीघोप्टी भीरमा दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको जिल्ला सहकर्मी निर्मल खत्रीले जानकारी दिएका छन् । विमानमा चालक दलका ३ सदस्यसहित २३ जना सवार थिए । विमानमा सवार सबैको मृत्यु भएको घटनास्थल पुगेको प्रहरी टोलीले पुष्टी गरेको छ । शवहरु जलेका र यत्रतत्र छरिएका म्याग्दी प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिएका छन् । शवहरु चिन्न नसकिने अवस्थामा रहेको बताइएको छ । शवहरु संकलन गर्ने कार्य जारी छ । सबै शव पोखरा ल्याउने तयारी हुँदै छ । घटनास्थल नजिकै हेलिकोप्टर बस्ने ठाउँ नभएपछि केही ठाढा हेलिकोप्टर बसाएर उद्धार गर्ने कार्य जारी रहको बताइएको छ । 
 
पोखरा विमानस्थलबाट बुधबार बिहान ७  बजेर ५० मिनेटमा जोमसोमको लागि उडेको कल साइन ९ एन–एएचएच विमान उडान भरेको ९ मिनेटपछि सम्पर्कविहीन भएको थियो । विमानको अन्तिम सम्पर्क म्याग्दीको घोडेपानीबाट भएको बताइएको छ । दुर्घटना स्थलमा विमानबाट अझै धुँवा आइरहेको त्यहाँ पुगेको स्थानीय तथा प्रहरी जवानले जानकारी दिएका छन् । स्थानीय ४ जना र १ जना प्रहरी घटनास्थल पुगिसकेको तथा म्याग्दी र मुस्ताङको प्रमुख जिल्ला अधिकारी सहितको सुरक्षा निकायको टोली समेत पुगेकाे म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी याम चोख्खालले जानकारी दिए । रुप्से छहरामाथी काभ्रे गाउँ छ । त्यस भन्दा माथी रहेको दानमा गाविस सोली घोप्टीभीरमा दुर्घटना भएको सहायक प्रजिअ चोख्खालले जानकारी दिए । 
 
मंगलबार अन्नपूर्ण वेस क्याम्पमा गएको पहिरोको धुलोले अझै १० मिटर भन्दा टाढा देख्न नसकिने रहेको घटनास्थल पुगेकाहरुले जानकारी गराएका छन् । धुलोका कारण उद्धारमा कठिनाई भएकाे र त्यहाँ हेलिकोप्टर बस्ने ठाउँ नरहेका कारण आकाशवाटै उद्धार गर्नु पर्ने अवस्था रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ