arrow

शानसहित फर्के नेपाली चेलीहरु 

logo
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
u-19-nepal-football.jpg

काठमाडौँ । एएफसी यु–१९ च्याम्पियनसिपको दोस्रो चरणमा प्रवेश गरेको नेपाली यू–१९ महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । थाइल्याण्डमा भएको उक्त च्याम्पियनसिपमा दोस्रो स्थानमा रहँदै छनोट भएका नेपाली किशोरी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अखिल नेपाल फुटबल सङ्घका पदाधिकारीहरुले स्वागत गरे ।

नेपाली किशोरी टोलीले थाइल्याण्डमा भएको उक्त च्याम्पियनसिपमा दोस्रो स्थानमा रहँदै दोस्रो चरणको लागि छनोट हुन सफल भएको थियो । थाइल्याण्ड मै हुने दोस्रो चरणको खेल आगामी सन् २०१९ अप्रिलमा हुनेछ । 

नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० ले पराजित भएको थियो भने त्यसपछिको दुवै खेलमा जित हात पारेको थियो । नेपालले भारतलाई २–० ले तथा पाकिस्तानलाई ९–० गोलअन्तरले पराजित गरेको थियो । 

नेपालले पहिलो पटक एएफसी यू–१९ च्याम्पियनसिपको छनोटमा सहभागिता जनाएको हो । अब अन्तिम चरणमा छनोट हुन नेपालले अप्रिलमा हुने छनोट चरण पार गर्नुपर्नेछ । 

च्याम्पियनसिप छनोटमा विभिन्न छ समूहका विजेता र उपविजेतामध्ये उत्कृष्ट प्रदर्शन गर्ने दुई राष्ट्रले दोस्रो चरण खेल्न पाउनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ