- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । म्यान्चेस्टर सिटी फेरि इंगलिश प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टरले सोमबार राति भएको खेलमा टोटनह्याम हट्सपरलाई १–० ले हराउँदै आफूलाई शीर्ष स्थानमा उभ्याएको हो ।
घरेलु मैदानमा खेलेको टोटनह्यामले छैटौँ मिनेटमै गोल खायो । रियाद महरेजले गरेको गोल सिटीलाई जिताउन पर्याप्त भयो ।
जितपछि १० खेलबाट २६ अंक जोडेको म्यान्चेस्टर गोल अन्तरमा लिभरपुललाई पछि पार्दै शीर्ष स्थानमा पुगेको हो ।
लिगमा सिटी, लिभरपुल र चेल्सीमात्र पराजित भएका छैनन् । तेस्रो स्थानको चेल्सीको २४ अंक छ ।