arrow

सानिया मिर्जाले छोरो पाइन्

logo
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
sania-shoaib.jpg

काठमाडौं । भारतीय टेनिस स्टार सानिया मिर्जाले छोरो पाएकी छिन् । उनका पाकिस्तानी पति क्रिकेटर सोयब मलिकले मंगलबार बिहानै उनकी पत्नी सानियाले छोरा जन्माएको जानकारी दिएका हुन् । 

६ पटककी ग्राण्डस्लाम विजेता सानियाले हैदराबादको एक निजी अस्पतालमा छोरा जन्माएको जनाइएको हो । 

उक्त समयमा सोयबसंगै सानियाका बाबु इम्रान र आमा नसिमा पनि संगै रहेका छन् । 

सामाजिक संजालमा आफू बाबु बनेको जानकारी दिँदै सोयबले ट्वीट गर्दै आफू यो कुरा घोषणा गर्न पाउँदा निकै उत्साही भएको बताएका छन् । 

उनले ह्यास ट्याग बेबीमिर्जामलिक गरेका छन् ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ