arrow

बेरेन ट्युमर पीडितलाई चन्द्र भण्डारीसहित कांग्रेसी सहयोग

logo
रमेश विश्वकर्मा
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
sahayog2.jpg

गुल्मी । छत्रकोट गाउँपालिका वडा ४ सिरीङ्गका बेरेन ट्युमरका कारण उपचाररत निसान्त खत्रीको परिवारलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीको नेतृत्वमा संकलित रकम एक कार्यक्रमका बीच परिवारलाई हस्तान्तरण गरिएको हो । 

छत्रकोट गाउँपालिकाको छायाँ सरकार प्रमुख तथा नेपाली काँग्रेस जिल्ला सदस्य अनन्तराम पौडेल र नेपाली काँग्रेसका क्रियाशिल सदस्य धातानन्द कंडेलले संयुक्त रुपमा १ लाख १ हजार रुपैयाँ निसान्तका आमाबुवालाई हस्तान्तरण गरेका हुन् । 

विगत ४ बर्ष देखि बेरेन ट्युमरको कारण पीडित निसान्तको भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । 

कार्यक्रममा नेपाली काँग्रेसका ईलाका संयोजक भेषराज कंडेल ,छत्रकोट ४ का सचिव माधव कंडेल ,महिला संघकी सभापति राधिका कंडेल र कार्य समिति सदस्य कुलानन्द कंडेलको सहभागिता रहेको थियो । 

खत्री परिवारको आर्थिक अवस्था एकदमै कमजोर रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ