arrow

यस्तो बन्दैछ विश्वको सबैभन्दा ठुलो विमानस्थल

logo
एजेन्सी
प्रकाशित २०७५ कार्तिक १३ मंगलबार
world_largest.jpg

काठमाडौं। टर्कीको सबैभन्दा ठुलो सहर इस्तानबुलमा भव्य विमानस्थलको सोमबार उद्घाटन गरिएको छ। पहिलो चरणको निर्माण सकिएको यो विमानस्थले निर्माण कार्य पूर्णरुपमा सकिएसँगै यो विश्वको सबैभन्दा ठुलो विमानस्थल बन्नेछ।

सोमबार टर्कीका राष्ट्रपति रिसेप टेइप एर्दोगानले विमानस्थलको पहिलो चरणको उद्घाटन गरेका हुन्। यो विमानस्थलको पूर्ण निर्माण अबको १० वर्षभित्रसम्पन्न हुने अनुमान गरिएको छ। 

पहिलो चरणमा वार्षिकरुपमा यहाँबाट नौ करोड मानिसहरुले यात्रा गर्नेछन्। आयोजना पूरा भएसँगै यहाँबाट करिब २० करोड मानिसहरुले विश्वका विभिन्न स्थानहरुको लागि भ्रण गर्न सक्नेछन्। २०१८ को अन्तिमसम्ममा यो विमानस्थलबाट ३५० स्थानका लागि २ हजारभन्दा बढी उडानहरु हुने अनुमान गरिएको छ। 

अहिलेसम्म विश्वको सबैभन्दा व्यस्त विमानस्थलको रुपमा अमेरिकाको अटलांटा एयरपोर्ट रहेको छ । यो विमानस्थलबाट प्रतिवर्ष १० करोड ४० लाख मानिसहरुले यात्रा गर्दै आएका छन्। 

दोस्रो स्थानमा चीनको बेइजिङको विमानस्थल रहेको छ, जहाँ ९ करोड ५७ मानिसहरुले यात्रा गर्ने गर्छन् । त्यसपछि दुबई, टोकियो, लसएन्जल्सका विमानस्थलहरु सबैभन्दा व्यस्त विमानस्थलको रुपमा रहने गरेका छन्। 

अहिले निर्माण हुन लागेको यो विमानस्थल करिब ७ करोड ६५ लाख वर्ग किलोमिटरमा बन्नेछ । समाचारमा दाबी गरिएअनुसार यो विमानस्थलमा करिब ७० हजार कारुहरु पार्किङ गर्ने स्थान पनि हुनेछ । यो विमानस्थलको पहिलो चरणमा ७ अर्ब अमेरिकी डलर खर्च भएको थियो। 

सोमबारदेखि यो विमानस्थलको २ रनवे सुचारु भएका छन्, जसको लम्बाई ३७५० र ४१०० मिटर रहेको छ । विश्वको सबैभन्दा व्यस्त एयरपोर्ट हुनुका साथै यो एक सुन्दर विमानस्थल पनि हुने बताइएको छ। 

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ