arrow

उत्तरी म्यानमारको जातीय हिंसा रोक्न सेनाको हस्तक्षेप

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
myan-MMAP-md.png.png
याङ्गुन । म्यानमारको उत्तरी क्षेत्रमा जारी रहेको जातीय द्वन्द्व र त्यसका कारण उत्पन्न भएको हिंसाको अन्त्यका लागि त्यहाँको सैनिकले हस्तक्षेप गरेको छ । गएको कैयौँ महिनादेखि उत्तरी म्यानमारका दुई जिल्ला नामसाम र क्याकुममा जातीय हिंसा भड्किएको छ । सो हिंसामा परी सयौँको ज्यान गएको छ । उक्त क्षेत्रको द्वन्द्व नियन्त्रणका लागि म्यानमारको प्रहरी सफल हुन सकेको छैन । त्यसैले सेनाले सो हिंसा नियन्त्रणका लागि आफ्नो सहभागिता रहने भन्दै हस्तक्षेप गरेको हो । बुधबार म्यानमारको सेनाले ती क्षेत्रमा हस्तक्षेप गरी कारबाही गर्ने विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको हो । 
 
पछिल्ला केही महिनायता सुरु भएको यो नयाँ हिंसाका कारण तीन हजार ६०० जना गाउले विस्थापित भएका छन् । त्यस हिंसाका कारण उक्त गाउँका सयौं नागरिक मारिएका छन् । ती क्षेत्रमा म्यानमारको सैनिकले संयुक्त सैनिक कारबाही थाल्ने भएको जानकारी पनि सो विज्ञप्तिमा दिइएको जनाइएको छ ।यसअघि सरकारले त्यहाँको हिंसा अन्त्यका लागि निकै नै प्रयास गरेको जनाएको थियो । गत फेब्रुअरी १६ मा बसेको संसदको अधिवेशनले पनि सबै पक्षलाई शान्तिपूर्ण रुपमा समाधानका लागि आग्रह गरेको थियो ।
 
तर सो आग्रहपछि पनि त्यहाँका अल्पसङ्ख्यक र जातीय समूहहरुले हिंसा रोकेका छैनन् । सो क्षेत्रबाट नागरिक विस्थापित हुने क्रम पनि रोकिएको छैन । यसै कारणले उक्त क्षेत्रमा कारबाहीका लागि हस्तक्षेप गरिएको सेनाले जानकारी दिएको छ । म्यानमारको वर्तमान सरकार पनि सैनिक सहयोगको सरकार रहेको छ । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ् सान सुकीको दलले गत नोभेम्बर महिनामा सम्पन्न भएको आमनिर्वाचनमा स्पष्ट बहुमत हासिल गरेको भएपनि सरकार गठन भने भएको छैन । राससएपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ