arrow

नेयमारका आइडल मेस्सी, दानव रोनाल्डो

logo
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
messi-ronaldo-neymar.jpg

काठमाडौं । ब्राजिलियन फुटबल स्टार नेयमारले अर्जेन्टाइन खेलाडी लियोनल मेस्सी नै आफ्नो आइडल खेलाडी रहेको बताएका छन् । 

स्पेनिस क्लव बार्सिलोनाका पूर्व सहकर्मी मेस्सी नै आफ्नो आइडल रहेको फ्रेन्च क्लव पिएसजीका खेलाडी नेयमारले बताएका हुन् । 

नेयमारले पोर्चुगिच खेलाडी क्रिस्टियानो रोनाल्डोलाई भने फुटबलका दानवको संज्ञा दिएका छन् । 

स्पेनमा रहँदा नेयमारले पटक पटक रोनाल्डोको सामना गरेका थिए । बास्केबलका उत्कृष्ट खेलाडी स्टेफन करीसँगको भेटमा मेस्सी र रोनाल्डोको प्रशंसा गर्दै नेयमारले उनीहरुबाट आफुले धेरै सिकेको बताएका छन् ।

उनले मेस्सीबाट फुटबलका सबै कुरा सिकेको बताएका छन् । बार्सलोनामा नेयमार चार वर्ष रहे । हालै इटालियन क्लव युभेन्टस गएका रोनाल्डोबारे उनले रोनाल्डोको सामना गर्न पाउनु गर्वको विषय भएको बताए । 

नेयमारले भने, ‘रोनाल्डो चलाख खेलाडी हुन् उनीसंग खेल्दा निकै तयार अवस्थामा रहनुपर्ने हुन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ