arrow

कंचनपुरको पुर्नवास डोजोको नयाँ कृतिमान, २ स्वर्ण सहित ८ पदक

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ कार्तिक १४ बुधबार
kanchanpur-dojo.jpg

पुनर्वास । भारतको  हल्द्वानीमा सम्पन्न भयको ५औ इंडो नेपाल कराते  प्रतीयोगीता मा कञ्चनपुरको पुनर्वास स्थित पुनर्वास गोजुरियो कराते उपशाखा  डोजो मोतीबस्ती र मनजीत उपशाखा  डोजो बिकासबस्तीबाट  खेलमा सहभागी टोलिले २ स्वर्ण सहित ८ पदक जितेको छ ।

पुनर्वासबाट भारतको उत्तराखण्ड स्थित हल्द्वानीमा कराँते खेलमा सहभागी नेपाली टोलिका खेलाडी सुदिप एसके र जोसेफ नेपालीले २ स्वर्ण पदक जितेका छन् ।   जम्मा १० जनाको सहभागीता  रहेको थियो ।

 राकेश कार्की, समीर सार्की, महेश बी.क र नीशा एस .के  र दिपक ठकुल्लाले रजत पदक जीत्न सफल भयका  थिए । खेलमा सहभागी नेपाली खेलाडी  मनीश राना ले कास्य पदक  जितेका छन  ।

 पुर्नवास डोजो प्रशिक्षक नरेश चन्द र मन्जित डोजो प्रशिक्षक नरेन्द्र गुरुङ्गले प्रतियोगितामा रेफ्रीको भुमिका निर्वाह गरेका थिए । राष्ट्रिय गोजुरियो कराते दो संघका केन्द्रिय सचिव तथा कंचनपुर जिल्ला  अध्यक्ष बिष्णु प्रसाद कडेलले पदक बिजेता खेलाडीलाई संघको तर्फबाट संमान गर्ने जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ