arrow

तेस्रो डिभिजनको क्लबलाई हराउन बार्सिलोनालाई ठूलै संघर्ष 

logo
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
barcelona21.jpg

काठमाडौं । स्पेनिस लिग ला लिगा च्याम्पियन बार्सिलोना कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो खेलमा संघर्षपूर्ण रुपमा विजयी भएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोनाले तेस्रो डिभिजनको क्लब लिओनेसालाई १–० ले पराजित गरेको हो ।

खेल गोलरहित बराबरीमा सकिने संकेत थियो । तर इन्जुरी समयको पहिलो मिनेटमा बार्सिलोनाका लागि क्लेमेन्ट लेङ्गलेटले विजयी गोल गरेका हुन् ।

क्लेमेन्नटले उसमान डेम्बेलेको फ्रि–किक बललाई गोलमा परिणत गरेका हुन् ।

त्यसपछि इन्जुरी समयको चौथो मिनेटमा सर्जियो मार्कोस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिओनेसा १० खेलाडीमा सीमित भएको थियो । 

दोस्रो लेग आउँदो डिसेम्बर ५ मा बार्सिलोनाको मैदान नोउ क्याम्पमा हुनेछ । 

कोपा डेल रे को गेटाफेले कोर्डोबालाई २–१ ले, रियाल भल्लाडोलिडले मयोर्कालाई २–१ ले हरायो । डेपोर्टिभो अलाभेसले गिरोनासंग २–२ को बराबरी खेलेको छ । 

Lenglet broke the hearts of the battling third tier side in the first minute of injury time

Barcelona goalkeeper Jasper Cillessen had earlier made some fine saves to deny Leonesa

Malcom, who has featured little since his move from Bordeaux, was given an opportunity

Barca boss Ernesto Valverde made 11 changes from the side that thrashed rivals Real Madrid

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ