arrow

दुई वटा आत्मघाती गोलले मुस्किलले जित्यो चेल्सीले 

logo
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
chelsea18.jpg

काठमाडौं । दुईवटा आत्मघाती गोल उपहार पाएपछि लन्डन क्लब चेल्सीले डर्वी काउन्टीलाई पराजित गर्दै काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको चौथो चरणको खेलमा च्याम्पियनसिप क्लब डर्बी काउन्टीलाई ३–२ ले पराजित गर्दै चेल्सी क्वार्टरमा पुगेको हो । 

डर्बीमा यस सिजन चेल्सीका पूर्व खेलाडी फ्रान्क लाम्पार्ड प्रशिक्षक रहेका छन् । चेल्सीका सेस फाब्रिगासले एक गोल गर्दा दुई गोल उपहार पाएको थियो । डर्वीका ज्याक म्यारीओट र मार्टिन वागहनले गोल गरे । सबै पाँच गोल पहिलो हाफमा सम्भव भएको थियो ।

चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा डर्बीका डिफेन्डर फिकायो तोमोरीको आत्मघाती गोलबाट चेल्सीले खेलको पाँचौ मिनेटमा सुरुवाती अग्रता लिन सफल भएको थियो । तर, चेल्सीको त्यो अग्रता ४ मिनेटमै तोडियो । नवौं मिनेटमा डर्बीका ज्याक मार्रियोटले बराबरी गोल फर्काए ।

खेलको २१औं मिनेटमा डर्बीका रिचार्ड क्योगले आत्मघाती गोल गर्दा चेल्सीले खेलमा २–१ को अग्रता लिन सफल भयो । २७ औं मिनेटमा मार्टिन वागहनले गोल गर्दै खेललाई पुन २–२ गोलको बराबरीमा ल्याएका थिए ।

४१औं मिनेटमा फाब्रिगासले गोल गर्दै चेल्सीलाई पहिलो हाफमा ३–२ को अग्रता दिलाए । दोस्रो हाफमा दुवै टोलीबाट गोल निस्कन नसक्दा चेल्सी ३–२ ले विजयी हुन सफल भयो । चेल्सीले क्वाटरफाइनलमा बर्नमाउथसँग खेल्नेछ ।

 

Midfielder Fabregas celebrates after scoring Chelsea's third goal of match against Derby, which turned out to be the winner

Derby substitute David Nugent almost found a late equaliser but his right-footed shot struck the post at Stamford Bridge

Nugent reacts after his shot came back off the post late on in the match against Chelsea on Wednesday eveningDefender Tomori holds his head after putting the ball into his own net against Chelsea at Stamford Bridge on Wednesday


अन्य खेलमा आर्सनलले ब्ल्याकपुललाई २–१ ले हरायो । टोटनह्याम हट्सपरले वेष्टह्याम युनाइटेडलाई ३–१ ले तथा मिडिल्सब्रोले क्रिष्टल प्यालेसलाई १–० ले हरायो । 

 

Arsenal players celebrate with Stephan Lichtsteiner after the Swiss defender fires them into a one-goal lead over Blackpool

Arsenal's Lichtsteiner scores the opening goal after latching onto a pass from midfielder Matteo Guendouzi after 33 minutes

Lichtsteiner, scoring his first ever goal for Arsenal, directed the ball into the corner of the net to give his side the lead

The 25-year-old rounded Adrian to finish easily and give the visitors a commanding lead with over half an hour leftSon shows off his Tottenham badge towards the away fans after scoring his second goal against West Ham in the Carabao Cup



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ