सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस”, थापाले जिते एक लाख
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
460
Shares
काठमाडौं । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” उपहार योजना अन्तर्गत कोरीयाको जी मनी ट्रान्स (सिटी एक्स्प्रेसको सहायक संस्था) बाट पैसा पठाई पहिलो महिनाको एक लाखको मासिक लक्कीड्रमा परी बासु थापा क्षेत्री विजेता घोषित भएका छन् ।
सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोह बिच कम्पनीका प्रबन्ध निर्देशक श्री चन्द्र टण्डनले वितरण गरेका थिए ।
लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताहरुले १० हजार र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले एक लाख जित्न सक्ने्छन् ।
उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि. १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख जित्न सक्ने घोषणा भएको थियो।
सो अफर असोज १ गते देखि मंसिर २९ गते सम्म लागूहुनेछ । सो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् ।
उपहार योजना अबधिमा हालसम्म दैनिक उपहार योजना अन्तर्गत ४३ जनाले २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा १५ जना विजेताले १० हजार जितिसकेका छन् ।
विजेता उपहारहरु विद्युतीय लक्कीड्र मार्फत छनौट गरिएको थियो ।