arrow

आज स्टीभ जब्सको ६१ औँ जन्मदिन,यी हुन् उनी सफल हुनुका १० शुत्रहरु

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
Steve-Jobs.jpg.jpeg
एजेन्सी । आज (२४ फेब्रुवरी ) को दिन एप्पल कम्पनिका को-फाउन्डर स्टीभ जब्सको ६१ औँ जन्मदिन हो । जब्स प्रत्येक कामलाई फरक तरिकावाट सुरु गर्नुपर्छ भन्ने मान्यता राख्दथे । यहि उनको सफलताको रहस्य पनि हो । हामि तपाईलाई  स्टीभ जब्स सफल हुनुका १० शुत्रहरु बताउन गइरहेका छौ । जसलाई लागु गर्न सके तपाई पनि जिवनमा सफल बन्न सक्नुहुनेछ । 
 
१.भविष्य निर्धारण
तपाई  ५ वर्ष भित्रमा के बन्न चाहानुहुन्छ त्यस कुराको निर्धारण आजै गर्नुहोस । र आजैबाट उक्त लक्ष्य प्राप्तीको लागि आफ्नो कदम बढाउनुहोस ।
 
२. भ्रमण 
जव्सका अनुसार नयाँ ठाउँ भ्रमण गर्नाले मानिसको दृष्टिकोणमा सुधार आउछ।अझ व्यवसाय गर्ने व्यक्तीको लागि त यो अति अपरहार्य छ।
 
३.सहि साथीको छनौट
स्टिव जव्सले एक्लै एप्पलको सुरुवात गरेका थिएनन्। उनका साथि थिए स्टिव वजनायक। यो जोडिले एप्पललाई विह्वको नम्बर एक कम्पनि बनाए ।  त्यसैले तपाई पनि आफ्नो लक्ष्य अनुकुलको उचित व्यक्तीको छनोट गर्नुहोस।
 
४.बाधालाई अवसरको रुपमा लिनुहोस
कठिनाईहरुलाई चुनौतीको रुपमा लिन सुरु गर्नुहोस । तपाई आफै सफलताको तर्फ बढ्दै जानुहुनेछ। 
 
५.असफलता बाट सिक्नुहोस 
हामी सबै आफ्नो जिवनमा  काहि न काही असफल भएका छौ। जव्सलाई सन् १९८४ मा आफ्नै कम्पनि एप्पलवाट  निकालिएको थियो ।
 
६. चुनौती 
जव्स भन्छन् "हामी सबैले जिवनमा अगाडी बढ्न रिक्स लिनै पर्दछ। तर रिक्स लिनु अगाडी हरेक पक्षको बारेमा सोच बिचार भने अवश्य गर्नु पर्दछ।
 
७. सही व्यक्तीको संगत
सफलता पाउनको लागी तपाई सगँ यस्ता मानिस साथमा हुन आवश्यक छ  जसले तपाईको क्षमता बुझेका हुनाको साथै क्षमतालाई बढाउन सकुन्।
 
८.जीवन छिटो छ भन्ने याद राख्नुहोस
जव्स भन्ने गर्दथे  जब तपाई दोधारमा, निर्णय गर्न असमर्थ हुनुहुन्छ त्यो समय आफ्नो जीवन छिटो रहेको सम्झनुहोस । जसबाट तपाईमा उचित निर्णय लिने क्षमता मिल्दछ। 
 
९.सकारात्मक सोच
स्टिव जव्स एक अनाथ बच्चा हुन्। उनलाई एक दम्पतीले पालेका थिए।उनि उक्त दम्पती प्रती अत्याधिक कृत्यज्ञ थिए साथै ति आमाबाबु प्रति पनि जसले जन्माएर छोडेका थिए।उनले आफ्नो सम्पुर्ण उर्जा सही दिशामा लगाए र महान कार्य गरे।
 
१०.अरुबाट सिक्न नलजाउनुहोस
जव्स २०-२१ वर्षको हुदा एच.पी.  तथा अटारी नामक कम्पनीमा काम गर्थे उक्त समय त्यो भन्दा नयाँ र फरक गर्ने चाहाना राखेर उनी अगाडि बढेर सफल भए। त्यस्तै तपाई पनि अरुबाट लिन सकिने कुरा सिक्न नलजाउनुहोस।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ