arrow

बुटवलमा एभरेष्ट कप : आयोजकको विजयी सुरुवात

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ कार्तिक १५ बिहिबार
evrest-cup.jpg

बुटवल । बुटवलमा एभरेष्ट कप राष्ट्रिय छात्रा भलिवल प्रतियोगिता बिहीबारबाट सुरु भएको छ । एभरेष्ट माध्यमिक विद्यालय बुटवलको आयोजनामा भएको प्रतियोगिताको पहिलो दिनमा १० वटा खेलहरु भएका छन् । पहिलो दिनमा भएका खेलबाट विजयी भएका समुह अघिल्लो चरणमा प्रवेश गरेको छ ।

 बिहीबारको खेलमा काभ्रे जिल्ला भलिवल संघलाई आयोजक एभरेष्ट माविले हराएर अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै सुदुरपश्चमाञ्चल एकेडेमि कैलालीले रुद्रपुर पिसल्याण्ड भूपु सैनिक रुपन्देहीलाई,  जानकी माध्यमिक विद्यालय चितवनले सगरमाथा माविलाई, थ्रीस्टार एकेडेमि काठमाण्डौले वीसडम एकेडेमी कञ्चनपुरलाई हराएर अघिल्लो चरणमा प्रवेश पाएको छ ।

 त्यसैगरी सिद्धमावि दाङले नवज्योति मावि रुपन्देहीलाई र ज्ञानज्योति मावि बाँकेले प्यारामाउण्ट मावि काठमाण्डौलाई पराजित गरेका छन् । यस्तै न्यू डायमण्ड एकेडेमी काठमाण्डौ र टप्स मावि कास्कीले वाक वोभर पाएर विजयी भएका छन् ।

प्रतियोगिता अन्तर्गत विहिबार पहिलो चरणका खेलहरु सम्पन्न भएका तथा दोस्रो चरणका खेलहरुमा शुक्रबार प्रि क्वाटर फाईनल र क्वाटर फाईनलका खेलहरु हुने प्रतियोगिता संयोजक अर्जन घिमिरेले जानकारी दिए ।

 कार्तिक १७ गतेसम्म चल्ने प्रतियोगितामा काठमाडौं, बुटवल, पोखरा, दाङ, धनगढी, नेपालगञ्ज, कञ्चनपुर, चितवन, काभ्रे र रुपन्देहीका गरी १६ समूहले  प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको फाईनल खेल शनिबार हुने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ