arrow

चितवन र धनगढीको दोस्रो जीत

logo
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
ppl.jpg

कास्की। कात्तिक ९ गतेदेखि पोखरा रङ्गशालामा जारी पोखरा प्रिमियर लिग(पिपिएल) क्रिकेट प्रतियोगितामा आजका दुई खेलमा चितवन राइनोज र एक्सपर्ट धनगढी ब्लुज विजयी भएका छन्। समान चार खेल खेलिसकेका दुवै टोलीका लागि आजको जीत दोस्रो हो। प्रतियोगितामा दोस्रो जीतको खोजीमा रहेको एक्सपर्ट धनगढी ब्लुजले बुटवल ब्लास्टर्सलाई २० रनले पराजित गरेको छ।

टस जीतेर ब्याटिङ रोजेको धनगढीले कप्तान दीपेन्द्रसिँह ऐरीको ५६ रनको योगदानबाट चार विकेटको क्षतिमा १६१ रन बनाएको थियो। बुटवलले जीतका लागि मैदानमा उत्रिदा पूरै ओभर खेल्दै छ विकेट गुमाई १४१ रनमा समेटीएको थियो। बुटवलका चिराग सुरीले ५४ बलमा १२ चौका र एक छक्कासहित ७९ रनको योगदान दिलाए पनि टिमलाई जीतलाई जिताउन सकेनन्।

यसअघि भएको आजको पहिलो खेलमा चितवन राइनोजले काठमाडौँ रोयल्सलाई १३ रनले पराजित गरेको थियो। टस हारेर पहिला ब्याटिङ पाएको चितवनले २० ओभरमा ५ बिकेट गुमाउँदै १४९ रनको योगफल तयार गरेको थियो। चितवनलाई विजयी बनाउन ओपनरका रुपमा आएका हरिशङ्र शाहले ६० रन बनाउदै शसक्त ब्याटिङ गरेका थिए।

शाहको अर्धशतकको मद्दतले चितवनले बुधवारको खेल जितका लागि सफलता दिलाएको थियो। खेल जित्नका लागि १५० रनको लक्ष्य पछ्याएर ब्याटिङमा आएको काठमाडौंले पूरै ओभर खेल्दै नौ बिकेट गुमाएर १३६ रन बनायो। काठमाडौँका गौरव तोमारले ३५ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३९ रन बनाए।

मेयर कपको उपाधि मातृभूमिलाई
भोजपुर  सदरमुकाममा सञ्चालन भएको प्रथम मेयर कप महिला फुटबल प्रतियोगीतामा मातृभूमि कृषि फर्मले जीत हात पारेको छ। जीतसँगै मातृभूमिले रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। यस्तै उपविजेता बनेको हतुवागढी गाउँपालिका घोरेटारले रु ३० हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। आज भएको फाइनल खेलमा मातृभूमिले हतुवागढीलाई ४–० ले पराजित गरेको हो। कात्तिक ११ गतेबाट शुरु भएको प्रतियोगीतामा ६ टिमले सहभागीता जनाएका थिए। भोजपुर जिल्ला फुटबल सङ्घले आयोजनामा भएको प्रतियोगीताको प्रायोजन भोजपुर नगरपालिकाले गरेको हो।

फुटबल प्रतियोगिता शुरु
दमौली : तनहुँको भीमाद नगरपालिका–८ स्थित नवप्रभात युवा क्लबको आयोजनामा आजदेखि फुटबल प्रतियोगिता शुरु भएको छ। सेभेन ए साइड फुटबल प्रतियोगिताका गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले उद्घाटन गर्नु भएको थियो। प्रतियोगिताको आजका खेलमा भिमाद युवा क्लवललाई दोभान युवा क्लवले १–० गोलले र चैनपुर युवा क्लवलाई पोखरा युवा क्लवले १–० गोलले पराजित गरेको छ।

सो कार्यक्रममा मन्त्री गुरुङले खेल क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। हरेक स्थानीय तहमा एउटा खेल मैदान बनाउने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै उहाँले स्थानीय सरकारसँग मिलेर काम गर्ने बताए। कात्तिक २० गतेसम्म चल्ने सो प्रतियोगितामा १२ टीम सहभागी रहेका र विजेतालाई रु २० हजारसहित ट्रफि तथा उपविजेतालाई रु १५ हजारसहित ट्रफि पुरस्कार प्रदान गरिने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ