नेपाललार्इ ८ प्रतिशत आर्थिक वृद्धिको चुनौती, नत्र लक्ष्य फेल
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
407
Shares
काठमाडौं । २०३० सालसम्म नेपाललाई मध्यम आय भएको मुलुकको रुपमा विकास गर्ने लक्ष्य लिएको नेपाल सरकारलाई निकै मेहनत गर्नु पर्ने आवश्यकता विश्व बैकले औल्याएको छ । विश्व बैंकले बिहीबार सार्वजनिक गरेको एक प्रतिवेदनमा उसले नेपालले अहिलेको औसत वृद्धिमा दोब्बर भन्दा बढी प्रगति हाँसिल गर्नुपर्ने आवश्यकता औल्याएको हो ।
विश्व बैंकको नेपाल डेभलपमेन्ट अपडेट नामक रिपोर्टले नेपालले आर्थिक वृद्धिमा वार्षिक कम्तिमा पनि ७ देखि ८ प्रतिशतको वृद्धिदर आवश्यक रहेको बताएको हो । जबकि अहिलेसम्म नेपालको औषत आर्थिक वृद्धिदर ४ दशमलव ३ प्रतिशत मात्रै रहेको छ ।
विश्व बैंकको सो प्रतिवेदनका अनुसार नेपालले नेपाल डेभलपमेन्ट अपडेट नामक रिपोर्टले आर्थिक वर्ष २०१७/१८को अन्तमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ३ प्रतिशत पुगेको देखाएको छ । जुलाई महिनाको मध्यमा सो स्तरमा पुगेको नेपालको आर्थिक वर्ष २०१८/१९ को आर्थिक वृद्धिदर ६ प्रतिशत रहने विश्वबैकले जनाएको छ ।
रिपोर्टले नेपालले दिएको २०२१ सम्म १० प्रतिशत बृद्धि हासिल गर्ने लक्ष्य पूर्तिको लागि पनि ८ प्रतिशतसम्म आर्थिक विकास आवश्यक रहेको जनाएको छ । तर यसको लागि अहिले विद्यमान रहेको रेमिट्यान्स मुखी र उपभोग्य बस्तुमा आधारित बृद्धिलाई विस्तारै हटाउँदै उत्पादनमुखी अर्थतन्त्रमा ध्यान दिनुपर्ने आवश्यकता पनि रिपोर्टले देखाएको छ ।
नेपालको गत आर्थिक वर्षदेखि नै कृषि क्षेत्रको वृद्धिदर केही राम्रो मानिएको भएपनि वर्षेनी कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यो क्षेत्रको योगदान घट्दो क्रममा छ । नेपाल सरकार र आर्थिक क्षेत्रहरुको तथ्यांकले पनि छिल्लो समय नेपालमा उद्योगहरुको क्षमता बढीरहेको देखाएको छ । तर, उद्योग क्षेको कूल गार्हस्थ उत्पादनमा योगदान घट्दो मात्रामा छ ।
निजी क्षेत्रहरुका अनुसार उद्योगहरूको क्षमता पनि बढेको छ । उद्योग वाणिज्य महासंघका अनुसार उद्योगको ६५ प्रतिशत भन्दा बढी क्षमता उपयोग भएको छ । पछिल्ला वर्षहरुमा उद्योगहरू ४० प्रतिशतको हाराहारी क्षमतामा चल्दथे । गत वर्षको न्यून वृद्धिका बीच अर्थतन्त्रको आकार धेरै नबढे पनि ६.४ प्रतिशतको विस्तारउल्लेखनीय मानिएको थियो । उदारीकरण पछि ०५०/५१ मा आर्थिक विकासको उच्च बृद्धि हाँसिल भएको थियो ।
तर त्यसपछि विस्तारै माओवादी यु४का कारण आर्थिक वृद्धिदर निरन्तर ओलारो लाग्दै गएर आर्थिक वर्ष ०५६/५७ मा ६.१ प्रतिशत आर्थिक वृद्धिमा झरेको थियो । सो समय वर्ष निर्वाचन भएको र कांग्रेसले बहुमत पाएकाले द्वन्द्वका बीचमा पनि उत्साह देखिएको थियो । ०६४/०७० मा वृद्धिदर ५ प्रतिशतमाथि पुगेको थियो । अन्य वर्षमा औसत वृद्धिदर ४ प्रतिशत थियो ।