arrow

नेयमारलाई ६ वर्षको जेल सजाय ?

logo
प्रकाशित २०७५ कार्तिक १६ शुक्रबार
neymar-news-rio.jpg.jpeg

काठमाडौं । ब्राजिलियन फुटबल स्टार नेयमारलाई ६ वर्ष जेल सजाय हुन सक्ने भएको छ । फ्रेन्च क्लव पिएसजीबाट व्यवसायीक फुटबल खेल्दै आएका नेयमारलाई भ्रष्टाचार तथा धोका मुद्धामा उक्त सजाय हुन सक्ने देखिएको हो । 

स्पेनको अदालतले नेयमारको भ्रष्टाचार र धोकाधडी मामलालाई तीन न्यायाधीशको ठूलो बेन्चमा पठाउने निर्णय गरेको हो । 

यदि नेयमारमाथि लागेको आरोप सावित भए उनलाई ४ देखि ६ वर्षसम्मको जेल सजाय हुन सक्नेछ । 

सन् २०१३ मा ब्राजिलको सान्तोष क्लवबाट नेयमारको स्पेनिश क्लव बार्सिलोनामा ट्रान्सफर भएको थियो । उक्त समयमा नेयमारमाथि ट्रान्सफरको रकम लुकाएको तथा कर चोरी गरेको आरोप लगाइएको छ । 

जानकारी पाए अनुसार त्यतिबेला नेयमारको ८६.२ मिलियन युरोमा बार्सिलोनामा टान्सफर भएको थियो । तर नेयमार र क्लवले केवल ४० मिलियनको मात्र कुरा गरेका थिए । यही मामलामा बार्सिलोनाका पूर्व अध्यक्ष जोसेफ मारियाले राजीनामा दिनु परेको थियो । 

बेन्चको सुनुवाई कहिले हुने भन्ने यकिन भइसकेको छैन । अदालतले गरेको फैसलापछि नेयमारले केही बोलेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ