arrow

सिरिया सङ्कट समाधान गर्न पुटिन सक्रिय

logo
प्रकाशित २०७२ फागुन १२ बुधबार
putin.jpg.jpeg

मस्को (रसिया) । रसिया र अमेरिकी पहलमा सिरियाको राजनीतिक सङ्कट समाधान गर्ने प्रयासअन्तर्गत रुसी राष्ट्रपति भ्लादमिर पुटिनले इरानी एवम् साउदी अरेबियाका उच्च अधिकारीसँग बुधबार छलफल गरेका छन् । पुटिनको इरानी एवम् साउदी अरेबियाली अधिकारीसँगको छलफल खासगरी सिरियाको राजनीतिक सङ्कट समाधानमा लक्षित भएको क्रेमलिनले जनाएको छ । 

 
पाँच वर्ष लामो सिरियाको राजनीतिक सङ्कट समाधान गर्न अमेरिका र रसियाले एक संयुक्त विज्ञप्तिमार्फत प्रस्ताव गरेको युद्ध विरामबारे रुसी राष्ट्रपति पुटिनले इरानका राष्ट्रपति हसन रौहानीसँग बुधबार टेलिफोन वार्ता गरी सङ्कट समाधानका लागि दुई शक्ति राष्ट्र अमेरिका र रसियाले प्रस्ताव गरेको अस्त्रविराम र सिरियाको राजनीतिक समस्या हलका उपायबारे छलफल गरेको  मस्कोले जनाएको  छ । यसैगरी राष्ट्रपति पुटिनले साउदी अरेबियाली उच्च पदस्थ अधिकारीसँग पनि कुरा गरेको  क्रेमलिनले जनाएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ