arrow

शरदको पोखरा फाइनलमा, पारसको चितवन र ज्ञानेन्द्रको काठमाडौं प्लेअफमा भिड्ने  

पीपीएल क्रिकेट 

logo
प्रकाशित २०७५ कार्तिक १७ शनिबार
PPL1.jpg

कास्की । लिग चरणको विजेता बन्दै पोखरा पल्टन सर्वाधिक पुरस्कार राशिको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । 

समूह चरणको अन्तिम खेलमा चितवनले विराटनगरलाई चार विकेटले हराएसँगै पोखरा विजेता बन्दै फाइनलमा पुगको हो ।चितवन र काठमाडौं भने प्लेअफमा पुगेका छन् । चितवन राइनोजको कप्तानी पारस खड्काले गरेका छन् । काठमाडौंको नेतृत्व राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले गरेका छन् ।

फाइनलमा पुगेको पोखराको कप्तान भने, शरद भेषावकर हुन् । काठमाडौंसँग अंक समान भएपनि पोखरा रनरेटका आधारमा विजेता बनेको हो । 

काठमाडौं रोयल्सलाई ४ विकेटले हराएर शरद भेषवाकरको पोखराले दोस्रो चरणमा स्थान पक्का गरिसकेकाे थियो । चितवनले विराटनगरलाई हराएपनि पोखराको फाइनल यात्रामा कुनै असर परेन ।  

पोखराले ५ खेलबाट ६ अंक जोड्यो । काठमाडौंको पनि ५ खेलबाट ६ अंक नै थियो तर, रनरेटका आधारमा पोखरा शीर्ष स्थानमा रहयो । चितवन राइनोजको पनि समान ६ अंक छ । रन रेटका आधारमा चितवन राइनोज पनि पोखरा भन्दा पछि पर्‍यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ