arrow

कार्वाहीमा परे सन्दीप लामिछाने 

logo
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
sandeep-u-19-captain.jpeg

काठमाडौं । नेपाली क्रिकेटका ढुकढुकी सन्दीप लामिछाने कार्वाहीमा परेका छन् । पोखरामा जारी पोखरा प्रिमियर लिग पीपीएल टी–२० क्रिकेटमा सन्दीपले खेलका क्रममा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसिसीको नियम उल्लंघन गरेको भन्दै कारबाही गरेको हो ।
    
विराटनगर टाइटन्सका कप्तान सन्दीपको कार्वाही स्वरुप एक अंक घटाइएको आयोजकले जनाएको छ ।

पीपीएल क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार चितवन राइनोजविरुद्ध सन्दीपले मैदानमा पटक पटक अम्पायर विनय झा र सञ्जय गुरूङसँग आपत्ति जनाएको भन्दै उनी कार्वाहीमा परेका हुन् । 

क्रिकेट हेर्न गएका समर्थकहरुले नै सन्दीपलाई ‘घमण्डी’ को आरोप लगाएका थिए । विराटनगर पुछारमा रहेर पीपीएलबाट बाहिरिएको छ । 

विश्व क्रिकेटमा व्यवसायीक नेपाली खेलाडीको अग्रणि स्थानमा रहेका सन्दीप कार्वाहीमा परेपछि भने नराम्रो सन्देश गएको छ । 

उनी खेलाडीका रुपमा सफल भए पनि कप्तानीका रुपमा भने अझै परिपक्व भएका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ