मार्सल र रासफोर्डले जिताए म्यान्चेष्टरलाई, यस्तो छ बाँकी नतिजा
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
752
Shares
काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाइटेडले सुधारोन्मुख प्रदर्शन गरेको छ । म्यान्चेस्टरले शनिबार राति भएको खेलमा एएफसी बर्नमाउथलाई उसकै मैदानमा २–१ ले हराएको हो ।
खेलको ११औं मिनेटमा घरेलु टिमले अग्रता लियो । कलुम विल्सनले गोल गर्दै बर्नमाउथलाई अग्रता दिलाएका थिए ।
तर त्यसपछि भने म्यान्चेष्टरले दुई गोल गर्यो । पछिल्लो समय फर्ममा नरहेको म्यान्चेष्टरले यो खेलमा पनि पराजय भोग्ने अनुमान विपरित ३५औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै खेल बराबरीमा ल्याए ।
इन्जुरी समयको दोस्रो मिनेटमा गोल गर्यो । मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडको उद्दार गरेका हुन् ।
जितसँगै म्यान्चेष्टर ११ खेलबाट २० अंक बनाउँदै सातौं स्थानमा उक्लिएको छ ।