arrow

विश्वकप प्याराग्लाइडिङले स्याङ्जा चिनाउदै

प्रतियोगितामा नेपालको प्रदर्शन कमजोर

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ कार्तिक १८ आइतबार
para2.JPG

स्याङ्जा।  यतीबेला विश्वको ध्यानाकर्षणको केन्द्र विन्दु बनेको छ स्याङ्जा । फर्स्ट नेपाल प्यारागलाईडिङ एक्यूरेसी वर्ल्डकप २०१८ को प्रतियोगिता स्याङ्जामा संचालन हुदा विश्वको ध्यानाकर्षण स्याङ्जा पुगेको हो। स्याङजामा जारी प्रथम प्याराग्लाइडिङ् एक्युरिसी विश्वकप प्रतियोगिताको तेस्रो दिन सम्म पाँच चरणका खेल सकिएको छ। धार्मिक, संस्कृति, कृषि र होमस्टेमा पर्यटकीय सम्भावनाले चिनिएको स्याङ्जा अव प्यारागलाईडिङ्को गन्तव्यका रुपमा चिनिने भएको छ।

अत्यन्तै साहासिक खेलको रुपमा रहेको प्यागलाईडिङ खेलको विश्वकप प्रतियोगिता जारी रहेको छ । भीरकोट नगरपालिको वडा नम्वर ५ स्थित महापुर स्वरेक मैदानबाट उडेर वालिङ नगरपालिका ११ डौवा फाटमा ल्याण्ड गर्न सकिने प्यारागलाईडिङले अहिले आन्तरिक र वाहिरी पर्यटकलाई आकर्षण गरेको छ । अत्यन्तै रमणिय पर्यटकीय स्थल स्वरेक मैदानबाट उडेर वालिङको डौवा फाटमा ल्याण्ड गर्ने मिल्ने भौगोलिक अवस्थाले साच्चै स्याङ्जा पहिचानको विषय हुन पुगेको छ।

अहिले स्याङ्जाका आकाशमा रङ्गीचङ्गी प्यारासुटले स्याङ्जावासीलाई मात्रै आनन्द तुल्याएको छैन नेपालकै गौरवको विषय बनेको प्यासुट प्रतियोगिता। नेपाल सरकारको खेलकुद मन्त्रालयले खासै चासो नदेखाएपनि स्याङ्जा ११ स्थानीयतह मिलेर यो प्रतियोगिताको खर्चमा साथ दिएका छन्। जसले गर्दा जिल्लाका ११ ओटै स्थानीयतह पर्यटन प्रवद्र्धनमा एक ढिक्का भएर उभिएको महशुष गरिएको छ।

सडकको पुर्वाधार, बस्ने होटलको व्यवस्था मिलाउन सकियो भने प्यारासुट खेलाडीसँगै हेर्न आउने दर्शकको गन्तव्य बन्ने विश्वास आयोजकको छ। सबै विकासको पुर्वाधारमा लाग्ने प्रेरणा यो प्रतियोगिताले मिलाएको प्रतियोगिताका आर्थिक उपसमितिका संयोजक लक्ष्मण अधिकारी बताउछन्। जिल्लालाई मात्रै नभएर देशलाई चिनाउने गौरवको खेल प्यारासुटलाई व्यवस्थित गर्न सरकार आफै तल्लिन हुनुपर्ने अधिकारीको भनाई छ।

प्रतियोगिता आयोजना गर्न खोज्दा नेपाल सरकारको बेलैमा चासो नदेखाउदा व्यवस्थापनमा कमजोर भएपनि प्रतियोगिता गर्न पाएकोमा आयोजक भने खुशी देखिएका छन्। जिल्लाका ११ ओटै स्थानीय तह अहिले यो प्रतियोगिता सम्पन्न गर्न एकजुटका साथ अगाडी बढेको भीरकोट नगर प्रमुख छायाराम खनालले बताए। अहिलेको लगानीले आगामी बर्षहरुमा आम्दानीबो बाटो हुने र पर्यटन विकासमा राज्यलाई समेत टेवा पुग्ने उदेश्यले आयोजना गरेको खनालको भनाई छ।

नेपालमा हात्तिपोल वर्ल्ड प्रंतियोगितापछिको अर्को दोस्रो वर्ल्डकप प्यागलाईडिङ प्रतियोगिता हो । यस प्रतियोगितामा निश्चित ठाँउबाट उडेर निश्चित प्वाईन्टमा खुट्टा राख्न सक्ने प्रतियोगि छनोट हुनेछ। त्यसका लागि ६ राउण्डको खेलमा सहभागी हुने छ । जसले थोरै नम्वर ल्याउने छ त्यो खेलाडी नै वर्ल्डकपको विजेता घोषणा हुने आयोजक तथा बाबु एडभान्चर क्लवका निर्देशक सानोबावु सुनुवारले बताए प्रतियोगितामा २१ राष्ट्रका ९८ खेलाडी मध्ये ७० खेलाडीले मात्रै प्रतियोगितामा सहभागी जनाएका छन्।

हालसम्मको प्रतियोगिताको छनोटमा कोरियाका खेलाडीहरुको बर्चस्व देखिएको छ भने नेपालको कमजोर प्रदर्शन देखिएको छ। ६ चरण सम्म हुने खेलमा पुरुष तथा महिला एकल र समुहगत गरि ४ बिधाका वर्ल्ड कप ट्रफी , १४ वटा गोल्ड मेडल , १४ वटा रजत र १४ काँस्य पदकका लागी प्रतिस्प्रर्धा हुने छ। एकल प्रतिस्पर्धामा प्रथम हुनेले एक हजार युरो, द्धितीयले ७ सय ५० युरो र तृतियले ५ सय युरोसहित स्वर्ण पदक, मेडल सहित प्रमाणपत्र पाउने छन्।

त्यस्तै समूहगत प्रथम हुनेले एक हजार ५ सय, एक हजार २ सय द्धितिय र तृतियले ७ सय युरो सहित मेडल, प्रमाणपत्र र स्वर्ण पदक पाउने छन् । नेपाली आकाशमा भएको खेलमा नेपालले आशलाग्दो प्रदर्शन गर्न भने सकेन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ