arrow

कक्षा ११को मौका परिक्षाको नतिजा प्रकाशित

logo
प्रकाशित २०७२ फागुन १३ बिहिबार
hsb.jpg.jpeg
काठमाडौं । उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को मौका परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । परीक्षा सन्चालक समितिको बुधबार बसेको बैठकको निर्णयअनुसार परीक्षाफल प्रकाशित गरिएको परिषदले जानकारी दिएको छ ।
मौका परीक्षामा ८६ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । परिषद्ले आज परीक्षाफल सार्वजनिक गर्दै मौका परीक्षामा सहभागी भएका ४७ हजार ६१० परीक्षार्थीमध्ये ४१ हजार १५६ परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । 
 
कक्षा ११ मा एक विषयमा अनुत्तिर्ण विद्यार्थीहरुका लागि गत माघ २९ गते मौका परीक्षा सन्चालन गरिएको थियो ।
परीक्षाफल उच्च माध्यमिक शिक्षा परिषद र नेपाल टेलिकमको वेबसाइट हेर्न सकिने परिषदले जनाएको छ ।यसैगरी नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यसका लागि मोबाइलमा एचएसइबी टाइप गरी सिम्बोल नम्बर राख्ने र १६०० मा एसएमएस गर्नुपर्ने परिषदले जनाएको छ ।
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ