arrow

जनअपेक्षा अनुसार काम गर्न सकेनौं : मन्त्री बिश्वकर्मा

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
sports-minister-bishowkarma.jpg

बझाङ। यूवा तथा खेलकूद मन्त्री जगत बहादुर बिश्वकर्माले बर्तमान सरकारले जनताको अपेक्षा र जन भावना अनुसार काम गर्न नसकेको बताएका छन्। तत्कालिन बाम गठबन्धन वा अहिलेको नेकपालाई जनताले जनादेश दिएको भए पनि बर्तमान सरकारले जनताको अपेक्षा अनुसार काम गर्ने प्रयत्न गरेको भए पनि जनताको भावना अनुरुप भने काम गर्न नसकेको स्वाईकारे। 

बझाङ जिल्लामा सुरु भएको बिसिए कप क्रिकेट प्रतियोगिताको समुद्घाटन गर्न आएका मन्त्री बिश्वकर्माले सञ्चारकर्मीहरु संग कुरा गर्दै बर्तमान सरकार संघियताको कार्यान्वयन कै चरणमा भएकोले जनताले सोचे अनुसारको बिकास निर्माणका कार्यहरुमा सोचे जती काम गर्न नसकेको बताए। उनले भने, 'बर्तमान सरकारले संघियताको कार्यन्वयन बिभिन्न ऐन, नीति नियम, कार्यबिधिहरु निर्माण गर्नुपर्ने अबस्था आएको छ। तर सोचे अनुसारको बिकासले गती लिन सकेका छैनौं। बर्तमान सरकारले संघियताको कार्यान्वयन संगै देश बिकासमा समेत लागी परेको छ।' 

जनताका चाहना असिमित भएकाले बर्तमान सरकारले अहिले एकै पटक काम गर्न नसकेको उनले बताए। मन्त्री बिश्वकर्माले देशको अर्थतन्त्र परनिर्भरतामा भएकोले बर्तमान अबस्थामा अन्तर निर्भर अर्थतन्त्र बनाउनका लागी सरकारले आबश्यक कदम चाली रहेको उल्लेख गर्दै 'सुखी नेपाली समृद्ध नेपाल' को अभियानमा सबैलाई लाग्न आग्रह गर। उनले प्रदेश तथा केन्द्रको बजेट कार्यान्वयन गर्ने कार्यबिधि समेत निर्माणको प्रकृया सुरु भएकाले अहिले सरकारले संघियता कार्यन्वयनका लागी आवश्यक वातावरण मिलाई रहेको धारणा राखे।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ