arrow

प्याराग्लाइडिङ विश्वकपमा कोरियाको बर्चस्व

नेपाल समुहगतमा तेस्रो तथा व्याक्तीगतमा आठौं

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ कार्तिक १९ सोमबार
para-korea.jpg

स्याङजा ।  स्याङजामा सम्पन्न भएको प्याराग्लाइडिङ एक्युरेसी विश्वकप २०१८ मा कोरियाली खेलाडीले बर्चस्व जमाएका छन् । व्यक्तिगततर्फ सवै र महिलातर्फ दुई पदक जितेका कोरियाली खेलाडीले समुहगत रुपमा समेत दुई पदक जितेका छन् ।

अन्तिम चरणका खेल सकिदा दक्षिण कोरियाका स्याङ्गु लिमले १२ अंक ल्याई पहिलो भएका छन् । ६ वटै चरणमा राम्रो प्रदर्शन गरेका लिमले गोल्ड मेडलका साथमा १ हजार युरो प्राप्त गरे ।  जिहुन यो ले दोस्रो स्थानमा रहे भने कोरिया कै किम कि हिओन तेस्रो भए उनीहरुले क्रमश रजत र कास्य पदकका साथमा ७५० र ५०० युरो प्राप्त गरेका छन् ।

जिहुन र किमको समान अंक भएपछि थप एक चरण दुवैलाई प्रतिस्पर्धा गरईको थियो जसमा जिहुनले २ अंक र हिओनले ७ अंक ल्याएका प्रतियोगितका निर्देशक सानोबावु सुनुवारले जानकारी दिए । समग्रमा आठौंमा रहेका नेपालका युकेश गुरुङले ३३ अंक ल्याएकाछन् । पाँचौ चरण सम्म दशौंमा रहेका गुरुङले अन्तिम चरणमा सुधार गरी आठौमा परेका हुन् ।

समुहगत विधामा पहिलो र दोश्रो स्थान कोरियाका खेलाडीले नै हात पारेको छन । च्याङमिन ली नेतृत्वको जीनग्लाइडर्स समूह पहिलो भएको छ । ९३ अंकका साथ यो समूहले समुहगत विधाको उपाधि हात पारेको हो जसले १५ सय यूरो हात पारेको छ । समुहगत विधामै दोश्रो भएको स्याङगु लिम नेतृत्वको दाभिन्सि समुहले १६४ अंक ल्याएको छ ।  दोश्रो भएको दाभिन्सिले १२ सय यूरो पुरस्कार पाएको छ ।

 १७ समुहले प्रतिस्पर्धा गरेको समुहगत विधामा भने नेपाल–१ नामक समुह तेश्रो भएको छ । यूकेश गुरुङ नेतृत्वको नेपाल–एक नाम दिईएको समुह तेश्रो भएको हो । नेपाल–एक समुहले २८४ अंक ल्याएको छ । तेश्रो भएको नेपाल–एक समूहले ७ सय यूरो नगदका साथमा कास्य पदक पाएको छ । नेपाल—एकमा युकेश गुरुङ सहित विजय गौतम, बिशाल थापा र विमल अधिकारी थिए । यी सबै खेलाडी झन्डै दुई महिना अघि इन्डोनेशियामा भएको एशियाली खेलकुदमा नेपाललाइ प्याराग्लाइडिङ क्रसकन्ट्रीमा रजत पदक जिताउन खेलेका थिए ।

जम्मा १७ प्रतियोगि सहभागि रहेको महिलातर्फको विधामा पनि व्यक्तिगततर्फ कोरियाली खेलाडीले नै पहिलो र दोस्रो भएका छन् । कोरियाकी हियुङहि किम ५९ अंकका साथ उत्कृत्ष्ट हुन सफल भईन भने इयुनयोङ चो ७४ अंकका साथ दोश्रो भईन । इन्डोनेसियाकी गीता रेज्की वाइ गुन्तारी २११ अंकका साथ तेश्रो वनेकी हुन । महिला विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय यूरो पुरस्कार पाएका छन । महिलातर्फ पाँचौ, छैठौं र सातौं स्थानमा नेपाली खेलाडीहरु क्रमशः सबिता तामाङ, प्रतिभा भूजेल र त्रिशा श्रेष्ठ बमजन रहेकाछन् । तामाङले १०८३, भूजेलले ११४४ र बोमजोनले ११६६ अंक पाएकी छिन ।

एक्युरेसी अन्तर्गतमा भएको यो विश्वकपमा नेपाली खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् । तोकिएको ठाँउमा अवतरण गर्ने खेलाडीले शुन्य र तोकिएको ठाँउ भन्दा वाहिर अवतरण गर्नेले वढीमा ५ सय नम्वर सम्म पाउने गर्दछन । यसमा शुन्य नम्वर प्राप्त गर्ने उत्कृष्ट मानिन्छ । ६ चरणका खेल हुने प्रतियोगिता आईतवारसम्म चल्नेछ । ६ वटै चरणका अंकहरु जोड गरी विजेता चयन गरिनेछ । वर्ल्डकपको लागि नाम दर्ता गराएका ९८ जना खेलाडि मध्ये ७० जना मात्रै  प्रतियोगिताको लागि भाग लिन योग्य पाईएपछि उनीहरु वीच नै प्रतिस्पर्धा भएको हो ।

वर्ल्डकप नेपाल प्याराग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकूद संस्था र बाबु एडभेन्चर क्लब स्याङ्जाको आयोजना तथा जिल्ला समन्वय समिति स्याङ्जा तथा स्याङजाका ११ वटै स्थानीय तहको संयोजकत्वमा आयोजना भएको हो । भीरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदानवाट उडेका प्यारागलाईडर वालिङ नगरपालिका–११ डौवा फाँटको तोकिएको घेरा भित्र उत्रिएका थिए । खेलको निर्णयको लागि स्वदेशी र विदेशी गरी २० जना निर्णायकहरु खटिएका थिए । वर्ल्डकपको  भुमीसुधार तथा गरिवी निवारण मन्त्री पद्या अर्यालले समापन गरेकि थिईन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ