arrow

पाँच वर्षमा जिम्बाबेको पहिलो जित : बंगलादेश १५१ रनले पराजित

logo
प्रकाशित २०७५ कार्तिक २० मंगलबार
cricket1.jpeg

सिल्हेट, बंगलादेश । जिम्बाबे र बंगलादेशबीच सिल्हेटमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा जिम्बाबेले बंगलादेशलाई एक सय ५१ रनले पराजित गरेको छ । पाँच वर्षभित्र जिम्बाबेको यो पहिलो जित हो ।

जिम्बाबेका तर्फबाट पहिलो पटक टेस्ट खेल्दै गरेका स्पिनर ब्रेन्डन माभुताले २१ रन दिएर चार विकेट लिएका थिए भने सिकन्दर राजाले तीन विकेट लिए । बंगलादेशको दोस्रो इनिङ चौथो दिनमा एक सय ६९ रनमा समेटिएको थियो ।

बंगलादेशका इमरुल कायेसले ४३ रनको योगदान दिएका थिए । दुई टेस्टको यस शृङ्खलामा जिम्बाबे १–० ले अगाडि भएको छ ।

बंगलादेशले पहिलो इनिङमा एक सय ४३ रन बनाएको थियो । जिम्बाबेले भने पहिलो इनिङमा दुई सय ८२ रन बनाई एक सय ३९ रनको अग्रता लिएको थियो ।

दोस्रो इनिङमा एक सय ८१ रन बनाएको जिम्बाबेले बंगलादेशलाई जितका लागि तीन सय २१ रनको लक्ष्य दिएको थियो ।

दोस्रो टेस्ट नोभेम्बर ११ मा ढाकामा खेलिनेछ । एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ