arrow

पीपीएल क्रिकेटको उपाधि घरेलु टोली पोखरालाई, शरदसामु पारस निरिह !

logo
प्रकाशित २०७५ कार्तिक २० मंगलबार
pokhara6.jpg

पोखरा । घरेलु टोली पोखरा पल्टनले नेपालकै सर्वाधिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट पहिलो संस्करणको उपाधि जितेको छ ।

मंगलबार दिउँसो भएको अन्तिम तथा निर्णायक खेलमा पारस खड्का नेतृत्वकोे चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा च्याम्पियन बनेको हो ।

चितवनले दिएको १६१ रनको चुनौती शरद भेषावकर नेतृत्वको पोखराले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पार गर्‍यो । 
उपाधिसंगै पोखराले नेपाली क्रिकेट इतिहासकै सर्वाधिक पुरस्कार राशी २७ लाख प्राप्त गरेको छ । उपविजेता बनेको चितवनले १० लाखमा चित्त बुझाएको छ ।

पोखरालाई उपाधि दिलाउन रबी इन्दर सिंहले अर्धशतकीय पारी खेले । उनले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै ९० जोडे । कप्तान शरद भेषावकरले २२ रन जोडे । यस्तै, मोहमद नाभिदले २५ रन जोड्दा आसिफ शेखले १२ रन बनाए । चितवनका भुवान कार्कीले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ५  विकेट गुमाएर १६० रन मात्रै बनायो । 
चितवनका लागि कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले । कप्तान पारसले ३७ बलमा ९ चौकासहित ५१ रन जोडे ।  रन लिने क्रममा खेलबाट बाहिरिएका पारसले दोस्रो विकेटका लागि अनिल कुमार साहसंग ७६ रनको साझेदारी गरे । अनिल ३७ रन जोडेर बाहिरिए । 

सन्नी पटेलले ४३ रन जोड्दा आरिफ शेखले १४ रन बनाए । पोखराका लागि कृष्ण कार्कीले २ विकेट लिदा मोहमद नाभिद र ललित नारायण राजवंशीले १–१ विकेट लिए ।क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना गरेको पहिलो संस्करणको यो प्रतियोगितामा ६ फ्रेन्चचाइज टोलीको सहभागि थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ