प्रचण्ड र गगन एउटै मञ्चमा, कुरा खेलका

प्रकाशित मिति : २०७५ कार्तिक २० मंगलबार

पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रलाई एकताबद्ध बनाउने सशक्त माध्यम खेल भएको बताएका छन् । 

पोखरामा सम्पन्न क्रिकेटको पोखरा प्रिमियर लिगको यहाँ आयोजित पदक वितरण समारोहमा उनले खेलले सभ्यता र राष्ट्रिय अनुशासनका लागि सन्देश दिने बताए ।

पोखरामा फुटबल प्रतिको आकर्षण रहिरहेका अवस्थामा प्रिमियर लिग सञ्चालनसँगै यो ठाउँ क्रिकेटका लागि पनि आकर्षक स्थल बनेको उनको भनाइ छ । पोखरामा अन्तर्राष्ट्रियस्तरको खेल मैदान बनाउन पार्टी तथा सरकार लाग्ने बताउँदै उनले त्यसका लागि आफूले व्यक्तिगत रुपमा पनि सहयोग गर्ने विश्वास व्यक्त दिलाए । 

नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वमन्त्री गगनकुमार थापाले नेपालमा क्रिकेट खेलको विकासमा जोड दिए  ।

प्रतियोगितामा पोखरा पल्टनले चितवन राइनोजलाई हराउँदै प्रिमियर लिगको उपाधि हासिल गर्न सफल बन्यो । विजेताले रु २७ लाख र ट्रफी प्राप्त गर्यो भने उपविजेताले रु १० लाखमा चित्त बुझाएको थियो । 

प्रतियोगिताका विजेता, उपविजेता, विभिन्न विधामा उत्कृष्टता हासिल गर्नेलाई उक्त अवसरमा अध्यक्ष प्रचण्ड, पूर्वमन्त्रीद्वय खगराज अधिकारी र गगनकुमार थापा, प्रदेशसभा सदस्यहरूले पुरस्कार तथा ट्रफी प्रदान गर्नुभएको थियो ।

नयाँ