arrow

गुल्टिए सालेह, अड्किए मेस्सी र नेयमार

logo
प्रकाशित २०७५ कार्तिक २१ बुधबार
psg2.jpg

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत मंगलबार राति भएका खेलहरुमा चर्चित खेलाडीहरुका क्लव धरासायी भएका छन् । 

लियोनल मेस्सी रहेको स्पेनिस क्लव बार्सिलोना इटालियन क्लव इन्टर मिलानसंग बराबरी खेल्यो । ८३ मिनेटसम्म निरश खेलमा माल्कोल्मले गोल गरेर बार्सिलोनालाई अग्रता दिलाए । त्यसको ४ मिनेटमै माउरो आइकार्डडीले बराबरी गोल गरे । 

यता, ब्राजिलियन स्टार नेयमार रहेको फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन पिएसजी इटालियन क्लब नापोलीसँग बराबरीमा रोकिएको छ ।

समूह सी मा रहेको पिएसजीले अवे मैदानमा भएको खेलमा नापोलीसँग १–१ को बराबरी खेलेको हो । नेइमारमात्र हैन पिएसजीका केलियन एमबाप्पे र एन्जल डी मारियाले पनि निराश पारे । 

पहिलो हाफको इन्जुरी समयमा बर्नेटले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । तर ६२ औँ मिनेटमा नापोलीले पेनाल्टी पायो त्यसमा लोरेन्जो इनसिग्नीले क्लवका लागि बराबरी गोल गरे ।

बराबरीपछि नापोली ६ अंकसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

समूहको अर्को खेलमा अप्रत्यासित रुपमा इंगलिश क्लव लिभरपुल रेड स्टारसँग २–० ले पराजित भयो । मोहम्मद सालेहसहितका स्टार खेलाडी युक्त लिभरपुल अवे मैदानमा पहिलो हाफमा खाएको दुई गोलका कारण पराजित भयो ।

दुवै गोल पाभ्कोभले गरेका हुन् । समूहको दोस्रो स्थानमा रहेको लिभरपुलको ६ तथा पिएसजीको ५ अंक छ ।

यता समूह बी को खेलमा ह्यारी केन रहेको टोटनह्याम हट्सपरले भने जित पाएको छ । केनकै दुई गोलको मद्धतले टोटनह्यामले पिएसबी आइन्डहोभनलाई दुई एकले हरायो । 

 

5853410-6360291-image-a-127_1541541481985.jpg

5852582-6360291-image-a-103_1541540007806.jpg

5851412-6360291-image-a-94_1541538217987.jpg

5853262-6360205-image-a-59_1541541249257.jpg

5853808-6360205-image-a-67_1541542098386.jpg



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ