arrow

प्रदेश १ भलिबलको उपाधि गौरादहलाई 

logo
युबराज रेग्मी, 
प्रकाशित २०७५ कार्तिक २३ शुक्रबार
volleyball-winner.jpg

झापा । प्रदेश न १ का स्थानिय निकाय स्तरिय भलिबल प्रतियोगितामा गौरादह नगरपालिका बिजयी भएको छ । झापा गाउँपालिकामा बिहीबार भएको फाइनल खेलमा गौरादह नगरपालिकाले  झापा गाउँपालिकालाई हराएको थियो ।

केदार खड्काको कप्तानी रहेको बिजेता टिमको ब्यबस्थापन पक्टु लाल राजबन्शीले गरेका थिए  । बिजेता टिमले  ६१,००० रुपैयाँ र उपविजेताले ४१००० रुपैयाँ जित्न सफल भएको छ । 

दिपावलीको अबसर पारेर गराइएको भलिबल खेलका बिजेता खेलाडीहरुलार्इ आयोजक झापा गाउँपालिकाका अधिकाश स्थानीयको उपस्थिति थियो ।

यता बिजेता टिमलाई गौरादह नगरले हार्दिक होटलमा स्वागत गरेको थियो । नगरप्रबेस उत्सब सहित गौरादह बजार परिक्रमा गरि हार्दिक होटल परिसरमा ओर्लिएर टिम क्याप्टेन, ब्यबस्थापक र सम्पुर्ण खेलाडीहरुले देउसीको भाका गाउँदै बिजय उत्सब मनाउँदै एक आपसमा खुसी साटासाट गरिरहेको दृष्य निकै रोमान्चित देखिएको थियो ।

45699858_540933816381118_7230739637960966144_n.jpg

45699858_540933816381118_7230739637960966144_n.jpg

45863266_339561936621825_2613224498509381632_n.jpg



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ