arrow

दुई पटक पछि परेको नतिजा उल्टाउँदै बायर्नलाई हरायो डर्टमुन्डले 

logo
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
bayern-dertmund.jpg

काठमाडौं । जर्मन बुन्डेस्लिगा फुटबलमा दुई पटक पछाडि परेको अवस्थालाई उल्टाउँदै बोरुसिया डर्टमुन्डले बायर्न म्युनिखलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा साविक विजेता म्युनिख ३–२ ले पराजित भयो । 


लिगको शीर्ष स्थानमा रहेको डर्टमुन्डले घरेलु मैदानमा बायर्नलाई हराएसंगै उपाधि दावेदारी बलियो बनाएको छ । बायर्न भने ११ चरणको समाप्ति हुँदासम्म कम्तीमा चौथो स्थानमा धकेलिने छ । 

यस्तो छ डर्टमुन्ड–बायर्न खेलको रोमाञ्चकता 
खेलमा बायर्नले प्रारम्भिक अग्रता लिएको थियो । बोरुसियाका पूर्व खेलाडी रोबर्ट लेवान्डोस्कीले २६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । उनले क्रसमा ६ यार्ड बक्स भित्रबाट हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । निकै प्रतिप्स्पर्धात्मक खेलको पहिलो हाफमा घरेलु टोली १–० ले पछाडि पर्यो । 

दोस्रो हाफमा भने डर्टमुन्डले उत्कृष्ट पुनरागमन गर्यो । दोस्रो हाफको सुरुवातमै कप्तान म्यानुएल नोएरले रिउसलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा रिउसले कुनै गल्ति गरेनन् र खेल बराबरीमा आयो । 

त्यसको ५ मिनेट नबित्दै बायर्नले पुन अग्रता लियो । बायर्नका लागि लेवान्डोस्कीले पुन हेडर गोल नै गरे । ६७ औं मिनेटमा रिउसले गोल गर्दै खेल बराबरीमा ल्याए । 

 त्यसको केहि बेरमा नै स्पेनिस क्लब बार्सिलोनाबाट ऋणमा आएका पाको अल्कासेरले गोल गर्दै अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा लेवान्डोस्कीले मौका पाएर गोल गरेपनि रेफ्रीले अफसाइड दिएका थिए ।

पछिल्लो ६ सिजन लगातार लिग उपाधिमा कब्जा जमाएको बायर्न ११ खेलको समाप्तिमा तेस्रो स्थानमा छ । शीर्षस्थानको डर्टमुन्डभन्दा बायर्न ७ अंकले पछाडि छ । 

बायर्नले ११ खेल २० अंक जोडेको छ भने डर्टमुन्डको ११ खेलमा २७ अंक छ । दोस्रो स्थानमा रहेको बोरुसिया मोन्चेन्ग्लाडबाकको ११ खेलमा २३ अंक छ ।

Robert Lewandowski rockets a header past Marwin Hitz to hand the visitors an early lead

Marco Reus scored twice to hand Borussia Dortmund all three points in a madcap game

Marco Reus slots home a penalty early in the second half to ensure parity is restored

Lewandowski enjoys his second goal of the match that restores Bayern's lead

Jerome Boateng does his best to deny Paco Alcacer from very close range

Lewandowksi could have scored a hat-trick, but had another goal ruled out for offside

Jadon Sancho drives forward again for Borussia Dortmund as they hunt for victory

Lukas Piszczek's pinpoint cross is volleyed home smartly by Reus for his second goal

Just five minutes later, on-loan Paco Alcacer produces a lovely finish to hand Borussia a lead



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ