arrow

ओलम्पिक छनोटमा नेपाल र म्यानमारबीच भिडन्त 

logo
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
nepal-football-woman-olympic.jpg

काठमाडौं । सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकुदको महिला फुटबल अन्तर्गत एएफसी छनोट प्रतियोगिताको प्रारम्भिक चरणमा आइतबार नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आयोजक म्यानमारको सामना गर्दैछ । 

खेल साँझ ५ः१५ बजे सुरु हुँदैछ । नेपालले बिहीबार भएको पहिलो खेलमा भारतविरुद्ध १–१ को बराबरी खेलेको थियो । यो नेपालको भारतविरुद्ध अहिलेसम्मकै उत्कृष्ट नतिजा पनि हो । 

नेपालको लागि कप्तान निरु थापाले ११ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । तर कमल देवीले ३७ औं मिनेटमा बराबरी गोल फर्काएपछि नेपाल अंक बाँड्न बाध्य भयो ।

नेपालले छनोट सम्भावना कायम राख्न म्यानमारविरुद्ध कम्तिमा पनि अंक जोड्नु पर्नेछ । यो खेलमा पराजित भएको खण्डमा नेपालको छनोट हुने सम्भावना गणितीय रुपमा मात्र रहने छ । 

म्यानमारले पहिलो खेलमा बंगलादेशलाई ५–० ले पराजित गरेको थियो । अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानमार प्राविधिक रुपमा नेपालभन्दा राम्रो टोली हो । अंक तालिकामा नेपाल भारतभन्दा माथि दोस्रो स्थानमा छ ।

नेपाल सम्मिलित समूह ‘सी’ मा म्यानमार, भारत र बंगलादेश छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ