arrow

विराटनगरका चर्चित उद्योगी चम्पालाल राठी जुवाको खालमा भेटिए 

जुवाडेहरु रातभर सुत्दैनन् 

logo
प्रकाशित २०७५ कार्तिक २५ आइतबार
juwa.JPG

मोरङ । जुवाको खालबाट विराटनगरका ५ जना उद्योगी र व्यापारी पक्राउ परेका छन् । खालमा धेरै व्यापारी भए पनि अरू भागेको बताइएको छ । मोरङको बुढीगंगा गाउँपालिकास्थित गंगा चोकमा रहेको एक घरमामा झिसमिसे २ बजे छापा मारेर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

विराटनगरका चर्चित उद्योगी चम्पालाल राठीसहिथ धानचामल व्यापारीहरू मुकेशकुमार आग्रवाल, विमल अग्रवाल, जीवन रिजाल र हंशराज जैन पक्राउ परेका हुन् । उद्योगी राठीको  गोदामभित्र उनीहरू तास खेल्दै गरेको सूचनाका आधारमो प्रहरीले छापा हानेको थियो । 

व्यापारीहरुको साथबाट १ लाख ९० हजार र १७ बुक तास फेला परेको छ । अरू जुवाडेहरु प्रहरी आउनु अगावै भागेको अनुमान लगाइएको छ । पक्राउ परेका व्यक्तिहरूलाई हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गरिएको मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ