- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका होनहार दुई खेलाडीहरु सन्दीप लामिछाने र सोमपाल कामी पाकिस्तान सुपर लिग पिएसएलको ड्राफ्टमा परेका छन् ।
पाकिस्तान सुपर लिगले अक्सनका लागि आइतबार सार्वजनिक गरेको खेलाडी ड्राफ्टमा सन्दीप र सोमपाल अटाउन सफल भएका हुन् ।
नेपालका सर्वाधिक सफल ब्यवसायीक खेलाडी सन्दीप विदेशी खेलाडीको कोटा अन्तर्गत गोल्ड समूहको ड्राफ्टमा परेका छन् ।
त्यसैगरी सोमपाल विदेशी खेलाडीको कोटा अन्तर्गत सिल्भर समूहको ड्राफ्टमा परेका छन् ।
१७ फेब्रुअरी देखि १७ मार्चसम्म हुने पिएसएलको ड्राफ्ट आगामी २० नोभेम्बरमा हुनेछ । पिएसएलमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।
सन्दीपले इन्डियन प्रिमियर लिगमा खेल्न पाएपछि थुप्रै टी–२० लिग खेलिसकेका छन् । सोमपालका लागि यो अन्तर्राष्ट्रिय राम्रो अवसर हो ।