arrow

चोटबाट मेस्सी फर्के, दुई गोल गरे 

logo
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
messi26.jpg

काठमाडौं । चोटका कारण तीन साता मैदानबाहिर रहेका स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सी खेलमा फर्केका छन् । उनले पुनरागमन गरेको खेलमा भने बार्सिलोना रियाल बेटिससँग पराजित भएको छ । 

ला लिगा अन्तर्गत आइतबार रातिको खेलमा बार्सिलोना घरेलु मैदानमा ४–३ ले पराजित भएको हो । मेस्सीले दुई गोल गरे पनि टिमलाई जिताउन सकेनन् । 

बेटिसका लागि जुनियर फिर्पोले २० औं मिनेटमा अग्रता दिलाएका थिए । त्यसको १४ मिनेटपछि जोआकिनले बेटिसको अग्रता दोब्बर पारे । 

पहिलो हाफमा २–० ले पछाडि परेको बार्सिलोनाले दोस्रो हाफको सुरुवातमा केहि अवसर सिर्जना गरेपनि गोल अन्तर कम गर्न असफल रह्यो । 

६८ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै गोल अन्तर घटाए । तर त्यसको तीन मिनेटमा नै बेटिसले २ गोलको अग्रता पुनः कायम गर्यो । जिओभानी लो सेल्सोले गोल गर्दै बेटिसलाई ३–१ ले अगाडि बढाए ।


भिडालले ७९ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको आशा जगाए । इभाँ राकीटिच ८ मिनेट समय बाँकी रहँदा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएपछि बार्सिलोना खेलमा फर्कने सम्भावना कमजोर बन्यो । 

८३ औं मिनेटमा सर्जियो कानालेसले गोल गर्दै बेटिसलाई ४–२ को अग्रता दिलाए । इन्जुरी समयमा मेस्सीले दोस्रो गोल गरेर अन्तर त कम गरे टिमलाई बराबरीमा ल्याउन सकेनन् । 

यो हारसँगै लिग तालिकाको शीर्ष स्थानमा बार्सिलोनाको अग्रता १ अंकमा झरेको छ । बार्सिलोनाको १२ खेलमा २४ अंक छ भने एथ्लेटिको मड्रिड र अलाभेसको २३ अंक छ । 

Ivan Rakitic was sent off for two yellow cards as Ernesto Valverde's defensive woes continued

Junior Firpo silenced the Nou Camp by putting the visitors ahead in the 20th minute 

Veteran midfielder Joaquin made it 2-0 with a close range finish after another counterattack

Messi pulled one back from the penalty spot after Jordi Alba was brought down in the box

Marc-Andre ter Stegen lets the ball slip through his grasp as Giovani Lo Celso scores the third 

Vidal slid in at the far post to fire past the goalkeeper after a team-mate laid it on a plate

Messi pulled another back with Barcelona's third goal but Betis held on for victory

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ