arrow

म्यानचेस्टर डर्बीमा सिटीले बाजी मार्यो, यस्तो छ अरु नतिजा

logo
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
mancity5.jpg

काठमाडौं । इङ्लिश प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर डर्बीको खेलमा सिटीले युनाइटेडलाई हराएको छ । म्यान्चेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडलाई घरेलु मैदानमा ३–१ ले पराजित गरेको हो । 

पहिलो हाफदेखि नै खेलमा पकड बनाएको सिटीले १२ औं मिनेटमा डेभिड सिल्भाको गोलबाट अग्रता लियो। 

सिटीले दोस्रो हाफको सुरुआतमा सर्जियो अगुएरोको बलियो प्रहारबाट अग्रता दोब्बर गर्यो । ५८ औं मिनेटमा एन्थोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरे। 

युनाइटेडले बराबर गर्ने केहि प्रयास गरेपनि सिटी खेलमा हावी देखियो । ८६ औं मिनेटमा गुण्डोगनले गोल गर्दै सिटीको जित सुनिश्चित गरे। 

United players were left dejected after Ilkay Gundogan's late strike killed off all lingering hope

Ilkay Gundogan scored the matchwinner after beating the offside trap to slot the ball home

Jose Mourinho could only watch on as his United side were outplayed by their opponents


के के भए अन्य परिणाम 
लिभरपुलले फुल्हमलाई २–० ले पराजित गर्यो । मोहम्मद सलाह र जर्दन शकिरीले गोल गरे । 

The Swiss international found himself all alone at the back post as Fulham completely switched off for a moment

चेल्सीले एभर्टनसंग गोलरहित बराबरी खेल्यो । 

आर्सनलले उल्भरह्याम्पटन वान्डेरर्ससंग १–१ को बराबरी खेल्यो । उल्भरका लागि इभाँ काभालेरोले गोल गरे भने हेन्रिक मिखितर्यानले आर्सनललाई ८६ औं मिनेटमा बराबरी गोल दिलाए । 

Cavaleiro converts after a smart one-two to hand Wolves the lead after just 13 minutes at the Emirates

यी खेलपछि अपराजित म्यान्चेस्टर सिटी ३२ अंकसहित शीर्ष स्थानमा छ । अर्को अपराजित लिभरपुल ३० अंकसहित दोस्रो र अर्को अपराजित चेल्सी २८ अंकबाट तेस्रो स्थानमा धकेलिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ