arrow

तिहारमा १० करोड मुल्य बराबरको फूलको बिक्रि, १४ लाख सयपत्री फूल आन्तरीक उत्पादनले नै धान्यो

logo
प्रकाशित २०७५ कार्तिक २६ सोमबार
marigold-flower.jpg

काठमाडौं। यो बर्षको तिहारमा १० करोड मुल्य बराबरको फूलको बिक्रि भएको छ। नेपाल फलोरीकल्चर एसोसियशन फ्यान का  उपाध्यक्ष मीन बहादुर तामाङ्गका अनुसार गएको बर्षको तुलनामा यस बर्ष फूलको मुल्यमा गिरावट आएर १० करोड मुल्य बराबरको मात्र बिक्रि भएको छ। 

गएको बर्षमा ११ करोड बराबरको व्यापार भएपनि यसपाली मुल्यमा गिरावट आएर १० करोड मात्रै भएको छ। यसबर्ष माग कम भएको नभई मुल्यमा मात्रै गिरावट आएको उनको भनाई छ। यो तिहारमा सयपत्री मात्रै साढे ७ करोडको बिक्रि भएको छ भने गोदावरी र मखमली गरी साढे २ करोडको बिक्रि भएको छ। 

गएको बर्ष सयपत्री फूलको प्रति माला होलसेलमै ७० रुपैया पाइए पनि यसपाली मुल्यमा गिरावट आएर ४० रुपैया मात्र पाइएको तामाङ्गले जानकारी दिए। यसपाली बजारमा एक माला फूलको खुद्रा मूल्य ५० रुपैयामा समेत बिक्रि भएको छ। 

१५ लाख सयपत्री फूलको माला माग भएकोमा गएका बर्षमा १२ लाख मालामात्रै आन्तरीक उत्पादन हुने गरेकोमा यसपाली १४ लाख सयपत्री  फूलकोमाला आन्तरीक उत्पादनले नै धानेको अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए।

बिक्रि हुने अपेक्षा अनुसार नै बिक्री भएकाले मागमा कुनै पनि कमी नआएको अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए। यसपालीको तिहारका लागि ३ लाख माला फूल आयात हुने अनुमान गरेपनि यसभन्दा बढी आयात भएको छ।

यस बर्ष माग भएमध्ये २० प्रतिशत मात्रै भित्रने अनुमान गरेपनि अनधिकृत रुपमा ३० प्रतिशत फूल भारतबाट आयात भएको तामाङ्गले जानकारी दिए।

गएको आर्थिक बर्षको पहिलो चौमासिकमा ५ करोडको फूल आयात भएकोमा यस बर्षको चौमासिकमा घटेर ३ करोडको आयात भएको उनको भनाइ छ। गत आर्थिका वर्षमा भने नेपालले ११ करोडको फूल आयात गरेको थियो। पोहर तिहारमा झण्डै तीन लाख सयपत्रीको माला भारतबाट आयात भएको थियो।

नेपालमा फूलखेती व्यावसायिक ढङ्गले शुरुआत भएको २५ वर्ष पुगिसके पनि भारतबाट आयात गर्नुपर्ने अबस्था नटरेको, अध्यक्ष कसजुको भनाइ छ। नेपालमा गएको बर्ष १ अर्ब ८६ करोडको फूलको व्यापार भएकोमा ११ करोडको फूल आयात भएको फयानको तथ्यांक छ।

नेपालमा करीब ७ सय  व्यक्ति र संस्थाले फूल व्यवसाय गरेको रेकर्ड प्यानसँग छ। करीब ३ हजार रोपनीमा लगाइएको फूल खेतीबाट ४२ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभान्वित भएको श्रेष्ठको दाबी छ।

उनका अनुसार आर्थिक वर्ष २०७४/०७५ सम्म आइपुग्दा फूल व्यवसाय ४३ जिल्लामा विस्तार भएको छ। विसं २०११ देखि नेपाल नीजि नर्सरीको स्थापनासँगै ब्यवसायिक पुष्प खेती शुरु भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ