arrow

ओलम्पिक छनोटको दोस्रो चरण पुग्न नेपालले बंगलादेशसंग खेल्दै

यसअघि चामत्कारिक प्रदर्शन, मनोबल उच्च

logo
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
nepal-football-woman-olympic.jpg

काठमाडौं  । टोकियो ओलम्पिक २०२० महिला फुटबल अन्तर्गत प्रारम्भिक छनोट प्रतियोगितामा नेपालले मंगलबार दिउँसो बंगलादेशसंग खेल्दैछ । 

बंगलादेशलाई पराजित गरे नेपालले छनोटको दोस्रो चरणमा प्रवेश पाउने छ । पहिलो सहभागितामै नेपालले छनोटको दोस्रो चरणको यात्रा तय गर्न लागेको हो । 

नेपाल आफ्नो भाग्य खोल्नका लागि दिउँसो २ः१५ बजे खेल्दैछ । 

नेपालको हालसम्म उत्कृष्ट प्रदर्शन 
नेपालले जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपालले भारत र म्यानमारसँग १–१ गोलको बराबरी खेलेको थियो । 

नेपालले अहिलेसम्म भारतसंग बराबरीसमेत गर्न सकेको थिएन । त्यसैगरी म्यानमार नेपाल भन्दा फिफा वरियतामा पनि निकै अगाडि रहेकाले नेपालको प्रदर्शन उत्कृष्ट हो । 

यद्यपि बंगलादेशले पहिलो खेलमा म्यानमारसँग ५–० र भारतसँग ७–१ को भारी अन्तरले हार बेहोरेको अवस्थामा म्यानमार २ खेलमा ४ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

समान अंक बोकेको भारत गोल अन्तरमा दोस्रो छ । नेपाल तेस्रो स्थानमा छ । अंकविहिन बंगलादेश पुछारमा छ ।


नेपालको मनोबल उच्च रहेकाले बंगलादेशविरुद्ध भारी अन्तरको जित निकाल्ने अनुमान गर्न सकिन्छ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक हरि खड्काले पनि टोलीको मनोबल उच्च रहेको बताएका छन् । 

बंगलादेशविरुद्ध स्पष्ट जित हासिल गर्दा नेपाल अर्को चरणमा पुग्नेछ । दुवै खेलमा बराबरी हुँदा पनि नेपालको छनोट हुने सम्भावना बलियो नै रहेको छ । अन्तिम खेलमा नेपालले बंगलादेशलाई पराजित गरेमात्र पनि दोस्रो चरणमा पुग्नेछ ।

प्रत्यक समूहको शीर्ष २ टोली र तेस्रो हुने उत्कृष्ट दुई टोली दोस्रो चरणमा छनोट हुने छ । यससँगै नेपालले बंगालदेशलाई पराजित गरेमा शीर्ष दुई अथवा तेस्रो स्थानको उत्कृष्ट दुईमा पर्ने पक्का भएको छ । 

भारत र म्यानमारले आपसमा बराबरी खेल्दा यदि नेपालले बंगलादेशमाथि भारी जित निकाले अप्रत्यासित तरिकाले पहिलो भएरै अर्को चरणमा पुग्नेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ