arrow

छोटी भन्सार अब मुख्य भन्सार हुने

logo
युबराज रेग्मी  
प्रकाशित २०७५ कार्तिक २७ मंगलबार
bhansar1.jpg

झापा । झापा जिल्लाको पश्चिम दक्षिणी गाउँपालिका गौरीगंजको आठमौजा छोटी भन्सार कार्यालय स्तरोन्नति (मुख्य भन्सार) हुने भएको छ ।
मेची भन्सार कार्यालय काकरभिट्टाका कार्यालय प्रमुख टेकबहादुर अर्यालको नेतृत्वमा आएको टोलीले सोमबार गौरीगंज गाउँपालिकास्थित भारतीय सीमा नाका नजिक फत्तेपुर बजार (जनता) मा स्थलगत निरीक्षण गरि आठमौजा छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरि मुख्य भन्सार कार्यालय निर्माण गरिने बताएका हुन् । 

आगामी मंसिर १ गते देखि ४ गतेसम्म काठमाडौमा हुने नेपाल भारतका भन्सार प्रमुखहरूकोे संयुत्त बैठकमा आठमौजा छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गरी मुख्य भन्सार कार्यालय निर्माण गर्न भारतीय पक्षसंग छलफल गरी अन्तिम टुंगो लगाउने मेची भन्सार कार्यालयका प्रमुख अर्यालले बताए ।

‘यही आर्थिक वर्षदेखि भन्सार निर्माणका लागि आवश्यक कार्य शुरू गरिने छ’, अर्यालले भने । भन्सार कार्यालयका लागि कम्तिमा १० कठ्ठा जग्गा आबश्यक हुने हुँदा त्यसको व्यवस्थापन स्थानिय सरकारले गर्नु पर्नेछ  ।

गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गौरीगंज भन्सार निर्माण भएको खण्डमा यहाँको आर्थिक गतिविधिमा सुधार भइ  स्थानिय मानिसहरूको आयआर्जन बढ्ने बताए  ।

भन्सार निर्माणका लागि गौरीगंज गाउँपालिकाले जग्गा व्यवस्थापन  गरि भन्सार निर्माणका लागि सजग वातावरण बनाईने छ ।

 गौरीगंज गाउँपालिकाको विकास मेरूदण्ड मध्ये एक भन्सार पनि भएको हुँदा भन्सारको निर्माणले गौरीगंजको मुहार फेरिने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

उद्योग वाणिाज्य संघ गौरीगंजका अध्यक्ष तथा वडा नं ३ का अध्यक्ष मखना महतो (गैदार) ले भन्सार निर्माणले गौरिगन्जको विकाससंगै जनताको पनि विकास हुने बताए । 

यश कार्यले जनताले प्रत्यक्षरूपमा रोजगारी पाउने र उनीहरूको आयआर्जनमा टेवा पुग्ने छ  । भन्सार स्तरोन्नतिले सरकारको राजस्व संकलनमा पनि वृद्धि हुने छ ।
 
आठमौजा छोटी भन्सार कार्यालय खजुरगाछी गौरीगंजले गत साउन महिनामा ६६ हजार ६ सय ३९ रूपैयाँ, भदौ महिनामा ५७ हजार ६ सय ४९ रूपैयाँ, असोज महिनामा ४७ हजार ५९ रूपैयाँ, कार्तिक २५ गते सम्म ३० हजार ४० रूपैयाँ गरि जम्मा २ लाख १ हजार ३ सय ८७ रूपैयाँ राजस्व संकलन गरेको छ । 

कार्यालयले चिनी, लसुन, लत्ता कपडालगायतको सामानबाट राजस्व संकलन गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ